तयार रहनुस् तेह्र जलविद्युत्को सेयर आउँदै छन्

काठमाडौं, १३ असार नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनको आधारमा निकट भविष्यमा विभिन्न १३ वटा जलविद्युत् कम्पनीका साधारण सेयरमा लगानीको अवसर आउने भएको छ । विभिन्न क्षेत्रका १९ कम्पनीले साधारण सेयर र थप सेयर निष्कासन (एफपिओ) का लागि धितोपत्र बोर्डमा निवेदन दिएकामध्ये १३ कम्पनी जलविद्युत् क्षेत्रसँग नै सम्बन्धित छन् । बैंक तथा वित्तीय संस्थाले मात्रै नभई […]

निर्वाचनको तयारी पुरा, भोलि विहान ७ बजेबाट मतदान

असार १३ गते । निर्वाचन आयोगले भोली बुधबार हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदानमा सरिक भई आफूले रोजेका योग्य उम्मेदवारलाई मतदान गर्न पनि सबैमा अपिल गर्नु भएको छ । बुधबार प्रदेश नम्बर १, ५ र ७ अन्तरगतका ३ सय ३४ स्थानमा […]

मुग्लिङ–नारायणगढ सडकको पहिरो हटाउन बजेटै छैन

विप्लव काफ्ले भरतपुर, १३ असार नारायणगढ–मुग्लिङ सडकखण्डको निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले पहिरो हटाउने बजेट नपाउँदा सडक निर्माणको काममा अवरोध आएको बताएका छन् । व्यवस्थापिका संसद् विकास समितिसँग गुनासो गर्दै उनीहरुले सम्झौतामा पहिरो हटाउनेबारे कुनै बजेट व्यवस्था नभएपनि काम गर्नुपरेको बताएका छन् । कन्ट्रयाक्ट म्यानेजर रविन्द्र श्रेष्ठले पहिरो व्यवस्थापनका भएको खर्च नपाएको दुखेसो गरे । […]

नारायणगढ–मुग्लिन सडक दृघकालिन रुपमा असुरक्षित बन्ने खतरा

चितवन, १३ असार । नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिको काम ढिलाइसँगै दीर्घकालीन रुपमा असुरक्षित बन्ने खतरा रहेको व्यवस्थापिका–संसद्, विकास समितिले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा औँल्याइएको छ । पछिल्लो समय पहिरो खसेर मानवीय क्षति समेत भएपछि विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोलीले आज सडकको स्थलगत अनुगमनपछि यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताले यस्तो खतरा औँल्याएका […]

त्यो राष्ट्रिय प्रतियोगिता

धुर्व भुषाल म खेलकुदको भक्त हुँ, खेलकुदकै पुजारी हुँ । मेरो मुटुको हरेक धड्कनसँग गाँसिएको छ खेलकुद । शरीरको हरेक रक्तकोषिकामा बहेको छ खेलकुदकै निम्ति असीम प्यार र खेलकुदकै प्रवाह । मेरो अंग–अंगमा दौडने जितका तरंगले जब मेरो मानसपटलमा झंकार प्रत्युत्पन्न गराउँछ तब अबिरले सजिएको निधार र मेडलले चौडिएको छातीको प्रतिबिम्ब आफूमा देख्छु म । […]

शहिद लालध्वजकी जेठी छोरी सावित्री गुरुङ रहिनन्

असार १३,भरतपुर । शहिद लालध्वज गुरुङ्कि  ज्येष्ठ सुपुत्री नेपाली कांग्रेसकी क्रियाशिल सदस्य सावित्री गुरुङको देवघाटमा अन्त्येष्टी गरीएको छ । एनआरएन अन्तराष्ट्रिय समन्वय समितीकी केन्द्रिय सदस्य जानकी गुरुङकी आमा सावित्री गुरुङको आज बौद्ध परम्परा अनुसार अन्त्यष्टी गरीएको हो । करिव डेढ वर्षदेखि क्यान्सररोगसंग संघर्षरत ६८ वर्षिय गुरुङको गएराती काठमाण्डौंमा निधन भएको हो । उनलाई आज बिहान […]

भरतपुर मतगणना प्रकरण : मुद्दाको सुनुवाइ असार २३ गते हुने

१३ असार । भरतपुर महानगरपालिका–१९को मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ असार २३ गते हुने भएको छ । एक साताअघि क्रममा सर्वाेच्च अदालतले च्यातिएको मतपत्रसहित सोसँग सम्बन्धित सबै कागज ७ दिनभित्र उपलब्ध गराउन आदेश दिएको थियो । सोही बमोजित आज सर्वाेच्चमा च्यातिएको मतपत्रसहित सबै कागज बुझाएपछि यस मुद्दाको सुनुवाइ असार २३ गते हुने भएको हो । मतपत्र […]

आदिबासी जनजातीलाई तालिम

असार १३,चितवन पूर्बी चितवन स्थित राप्ती नगरपालिका भण्डारामा आज आदिबासी जनजातीका सवाल र शशक्तिकरण बिषयक कार्यशाला सम्पन्न भएको छ। राप्ती नगर पालिकाको आर्थिक सहयोगमा यस अघि पिप्ले र बिरेन्द्र नगरमा सम्पन्न भैसकेको सो कार्यक्रम बिशेष गरेर जनजातीहरुका लागि लक्षित गरि आयोजना गरिएको हो।सो तालिममा सात सय आदिबासी जनजातीको उपस्थिति रहेको थियो भने प्रशिक्षकका रुपमा काजिमान […]

पोखरामा पहिरोका कारण घर पुरियो

पोखरा, १३ असार । अविरल वर्षाका कारण सोमबार मध्यरातमा गएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका–२४ वनपालेका डिल्लीराम सुवेदीको घर पुरिएको छ । घरको पछिल्लो भागबाट पहिरो घरभित्र पस्दा घरधनी डिल्लीराम सुवेदी सामान्य घाइते हुनुभएको छ भने श्रीमती खरिका, छोरा दीपक, बुहारी लक्ष्मी र नातिनी युनिसा भागेर ज्यान बचाउन सफल हुनुभएको छ । मानवीय तथा चौपायाको कुनै […]

जैैविकमार्ग र वन्यजन्तुको सुरक्षा गर्न अब संयुक्त सुरक्षा पोस्ट

चितवन, १३ असार । चितवनको भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने टिकौली जङ्गलको जैविक मार्ग र यहाँका वन्यजन्तुको सुरक्षा गर्न चितवन राष्ट्रिय निकुञ्जले ‘संयुक्त सुरक्षा पोस्ट’ राख्ने भएको छ । यही असार ५ गते ‘जैैविकमार्ग र वन्यजन्तुको सुरक्षा चुनौतीपूर्ण’ भन्ने शीर्षकमा राससमार्फत समाचार सार्वजनिक भएपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा पोस्ट स्थापना गर्न लागेको हो […]

शास्वतधाम धार्मिक धरोहर बन्ने ः नेता पौडेल

नवलपरासी, १३ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चौधरी गु्रपले निर्माण गरेको धार्मिक शास्वतधाम नेपालको धार्मिक धरोहर रहेकोे दाबी गर्नुभएको छ । चौधरी गु्रपले नवलपरासीको दुम्कौलीमा निर्माण गरेको शास्वतधामको सोमबार अवलोकनको क्रममा उहाँले यस्तो बताउनुभएको हो । शास्वतधामले समग्र नेपालको गौरव बढाएको दाबी गर्दै नेता पौडेलले यसको निर्माणले सनातन हिन्दूधर्मको रक्षा गर्ने समेत […]

नवलपरासीमा उच्च सतर्कता/ चार पक्राउ

नवलपरासी, १३ असार । दोस्रो चरणमा निर्वाचन हुन लागेको नवलपरासीका सातवटा स्थानीय तह लक्षित गरी उच्च सतर्कता अपनाइएको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले स्थानीय प्रशासनले निर्वाचन हुन लागेको क्षेत्रमा उच्च सतर्कता अपनाएको हो । सुरक्षा निकायले नवलपरासीमा दोस्रो चरणमा निर्वाचन हुन लागेको प्रदेश नं ५ मा पर्ने सात […]

भरतपुर मतगणना प्रकरण : वडा नम्बर १९ को च्यातिएको मतपत्र काठमाडौ लगियो

तस्बिर : अनिल ढकाल चितवन ,१३ असार। भरतपुर महानगरपालिका वडा नम्बर १९ को च्यातिएको मतपत्र काठमाडौ लगिएको छ । मतगणनाका क्रममा च्यातिएको मतपत्र सर्वोच्च अदालतमा पेश गर्नका लागि काठमाडौं पठाइएको हो । सिल गरिएको मतपत्रलाई राजैतिक दलका प्रमुख र उम्मेदवारको रोहवरमा मतपेटिकामा सिल गरेर जहाजमार्फत काठमाडौं पठाइएको छ । मतपत्र लिएर मुख्यनिर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, […]

भरतपुर अस्पताल मध्यक्षेत्रकै ‘हब’

भरतपुर,१३ असार । भरतपुर अस्पताललाई विपद् तथा प्राकृतिक प्रकोप व्यवस्थापनको लागि ‘हब’ अस्पताल बनाइएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले प्राकृतिक विपत्तिबाट हुने मानवीय स्वास्थ्यमा हुने असर न्यूनीकरण र उपचारका लागि मध्य क्षेत्रको लागि हब अस्पताल बनाएको हो । भरतपुर अस्पताल वरपरको सुविधा सम्पन्न अन्य सरकारी तथा निजी अस्पताललाई स्याटेलाईट अस्पतालको रुपमा तोकिएको छ । […]

मुसहर र चेपाङलाई डिग्रीसम्म निःशुल्क पढाइ

रत्ननगर,१३ असार। सीमान्तकृत सुचीकृत समुदायका बालबालिकाको उच्च शिक्षाका लागि रत्ननगर नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने बताएको छ । आर्थिक अवस्थाका कारण यी समुदायका बालबालिका शिक्षाबाट वञ्चित हुनुपरेको भन्दै डिग्री तहसम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्न लागेको रत्ननगर नगरपालिकाका नगर प्रमुख (मेयर) नारायण वनले जानकारी दिए । सीमान्तकृत समुदायमा चेपाङ, मुसहर, बोटे जाति पर्दछन् । रत्ननगर–११, मंगलपुरस्थित […]

फेरि अँध्यारो बन्यो माडी नगरपालिका

भरतपुर,१३ असार। चितवन राष्ट्रिय निकुञ्जभित्रको तार(केवल) मा समस्या भएपछि माडी नगरपालिका अध्याँरो बनेको छ । चनौलीबाट माडी विद्युत् लैजान निकुञ्ज खण्डको करिब ८ किलोमिटर दुरीमा भूमिगत प्रणालीअन्तर्गत केबल बिछ्याइएको थियो । असार ५ गतेदेखि निकुञ्जभित्रको केबलमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध बनेको छ । चनौली–जगतपुर–माडी ३३ केभी प्रसारण लाइन ग्रामीण विद्युत् परियोजनाका प्रमुख जगदिश जोशीले […]

गोलि ठोकेर डकैती गर्ने समातिए

विप्लव काफ्ले,कायाकैरन भरतपुर,१३ असार। भरतपुर महानगरपालिका–२५, दिव्यनगरमा खुनडाँका घटनामा संलग्न व्यक्तिलाई एक महिनापछि प्रहरीले पक्राउ गरेको छ । जेठ ४ गते राति मध्यरातमा घरभित्र पसी गोली चलाई लुटपाट गरेको घटनाका अभियुक्तलाई पक्राउ गरिएको हो । गोली लागेर गम्भीर घाइते बनेका गंगासागर महतोको उपचारका क्रममा जेठ ९ गते नै मृत्यु भएको थियो । उनकी आमा, बहिनी […]