संविधानको कार्यान्वयन काँग्रेसको नेतृत्वमा मात्रै सम्भव ः प्रम देउवा

१० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन नेपाली काँग्रेसको नेतृत्वमा मात्रै सम्भव भएको बताउनुभएको छ । नेपाली कांग्रेस डोटीले आज जोरायल गाउँपालिका–२ बुडरमा आयोजना गरेकोे चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अहिलेसम्मका परिवर्तन तथा संविधानको निर्माण र जारी गर्दाको नेतृत्व कांग्रेसले गरेको स्मरण गराउँदै संविधानको कार्यान्वयनको जिम्मा पनि कांग्रेसकै काँधमा रहेको बताउनुभयो । स्थानीय तह […]

वर्षको एउटा किताब लेख्छुः मरहठ्ठा

किरण मरहठ्ठा नेपाली पत्रकारितामा चर्चित नाम हो । प्रशारण पत्रकारितामा बेग्लै उचाइ बनाएका उनले विख्यात फुटबलर लियोनेल मेसिको बारेमा डकुमेन्ट्री निर्माण गरी अन्तर्राष्ट्रिय चर्चासमेत बटुलेका छन् । हालै उनले आफ्नो पुस्तक ‘द होप’ अमेरिकामा सार्वजनिक गरेका छन् । प्रस्तुत छ द होपबारे मरहठ्ठासँग गरिएको छोटो कुराकानी ।   ‘द होप’ कस्तो किताब हो ? ‘द […]

एमालेको विजयलाई कसैले रोक्न सक्दैन – अध्यक्ष ओली

(मोरङ), १० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । नेकपा (एमाले) मोरङको उर्लाबारी नगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पहिलोचरणको भन्दा दोस्रोचरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुने दाबी गर्नुभयो । […]

नेपाली सेनाद्वारा बम निष्क्रिय

नवलपरासी, १० असार । नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार धीरज शर्माको घरमा फेला परेको बम आज नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । बर्दघाटस्थित शर्माको घरको मूलगेटमा फेला परेको सकेट बमलाई बज्रदल गणको टोलीले नजिकैको खुल्ला चौरमा लगेर निष्क्रिय गरेको हो यद्यपि बम किन र कस्ले राखेको हो यसबारे केही खुलेको […]

एक वर्षमा त्रिशूली नदीमा १९ बेपत्ता

चितवन, १० असार । त्रिशूली नदीको चितवन खण्डमा एक वर्षको अवधिमा १९ जना बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन सडक खण्डको ३६ किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्म २० किलोमिटर गरी ५६ किलो मिटरको सडक त्रिशूली नदीको किनारैकिनार पर्दछ । उक्त सडक खण्डमा दुर्घटनामा परेका अधिकांश सवारी त्रिशूली नदीमा खस्ने र चालक तथा यात्रुको मृत्यु […]

त्रासद यात्रा, बेखबर राज्य

मुग्लिङ,१० असार । ‘जाम हुनसक्छ, खाना खाएर जानुस् है’, मलेखुको एउटा होटलमा गाडी रोकिनासाथ होटल सञ्चालकले भने । ‘तीन वर्षदेखि यही डर देखाएर व्यापार चलाइरहनुभएको छ है’, गाडीका एक यात्रुले सञ्चालकलाई छेड हाने। ती यात्रुको विश्वास जाम छैन केही बेरमै घरै पुगेर खाउँला भन्ने थियो होला । हामी चढेको गाडी कटारीसम्म पुग्ने भए पनि धेरै […]

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ ः प्रम

१० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने छ भन्नुभयो । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा (एमाले)सहितसँग छलफल गरी संविधान […]

बादल हत्याकाण्डकोे छानबिन माग

पोखरा, १० असार । नेपाली काँग्रेस साबिक लेखनाथ नगरपालिका नगर समितिका सभापति एवम् पोखरा लेखनाथ सहसंयोजक राजेन्द्रमणि लामिछानेले काँग्रेस नेता रामजी बादल हत्याकाण्डको तत्काल छानबिनको माग गर्नुभएको छ । काँग्रेस पोखरा लेखनाथ नगर समितिको शुक्रबारको बैठकमा हत्याकाण्डको छानबिनको मागसहित पदबाट राजीनामा दिँदै उहाँले आफूले पटक पटक हत्याकाण्डको छानबिनको माग गर्दै आए पनि त्यसको कुनै सुनुवाइ […]

प्लाष्टिकजन्य पदार्थबाट करोडौंको इन्धन

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,१० असार । चितवनमा खेर जाने फोहरबाट वार्षिक १६ करोडको इन्धन उत्पादन गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । फोहरजन्य पदार्थमध्ये सबैभन्दा धेरै प्रयोगमा आउने प्लाष्टिकबाट इन्धन उत्पादन गर्न सकिने उनीहरु बताउँछन् । जिल्लाको जनसंख्या साढे ५ लाखभन्दा बढी छ । यो जनसंख्याको हिसबमा चितवनमा प्रत्येक दिन करिब २२ टन फोहर उत्पादन हुन्छ । […]

एसओएस दिवस मनाइयो

भरतपुर,१० असार । एसओएस बालग्रामका संस्थापक स्वर्गीय हर्मन माइनरको सम्झना गर्दै ३१ औं अन्तर्राष्ट्रिय एसओएस दिवस विश्वभरि विभिन्न कार्यक्रमका साथ शुक्रबरा मनाइएको छ । सोही अवसरमा एसओएस हर्मन माइनर विद्यालय भरतपुरमा पनि शुक्रबार एसओएस दिवस विशेष कार्यक्रम मनाइयो । साताव्यापी कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम, आँखा शिविर, जिल्लास्तरीय चित्रकला प्रतियोगिता, जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितालगायत सम्पन्न भएका छन् । […]