अस्थायी शिक्षकको अनशन

अस्थायी शिक्षक केन्द्रीय अन्दोलन परिचालन समितिको आह्वानमा आमरण अनशनमा बसेका अस्थायी शिक्षकहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस

खडेरी, रोग, कीराको प्रकोप र खण्डवृष्टि बढ्यो

७ असार । पच्चीस वर्षअघिको तुलनामा अहिले खडेरी, रोग, कीराको प्रकोप र खण्डवृष्टि बढेको तथ्य सार्वजनिक भएको छ । नेपालमा पहिलोपटक गरिएको राष्ट्रिय जलवायु परिवर्तन प्रभाव सर्वेक्षणमार्फत यस्तो तथ्य सार्वजनिक गरिएको हो । विसं २०७३ भदौदेखि माघसम्म सर्वेक्षण गरिएको थियो । जलवायु परिवर्तनको प्रभाव वन, जैविक विविधता, स्वास्थ्यलगायत क्षेत्रमा परेको छ । केन्द्रीय तथ्याङ्क विभागले […]

स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राम मेसिन सञ्चालनमा

७ असार । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा मेमोग्राम मेसिन (स्तन क्यान्सर पत्ता लगाउने) सञ्चालनमा ल्याइएको छ । स्तन क्यान्सर भएको छ वा छैन भनी थाहा पाउन लागि गरिने स्तनको एक्सरे (मेमोग्राम) खरिद भएको दश वर्षपछि मात्र यो मेसिन सञ्चालनमा आएको हो । यसअघि यो मेसिन प्रयोगविहीन अवस्थामा थन्किएको थियो । अस्पतालका निर्देशक प्रा […]

स्थानान्तरण गरिएका दुई अर्ना मरे

चितवन, ७ असार । ललितपुरको जाउलाखेलस्थित चिडियाखानाबाट स्थानान्तरण गरेर चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका दुईवटा अर्ना मरेका छन् । गएको माघ महिनामा चिडियाखाना र कोसी टप्पुबाट १५ वटा अर्ना स्थानान्तरण गरिएको थियो । चिडियाखानाबाट ल्याइएको एक जोडी अर्ना मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो । “भाले अर्ना अर्काे जङ्गली भालेसँग […]

बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड

भक्तपुर, ७ असार । उपचारका लागि आएको बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ । दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी उषा बस्नेतको उपचारको क्रममा हिजोराति मृत्यु भएको विषयलाई लिएर आज अस्पतालमा तोडफोड हुँदा अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो । मृतकका आफन्तले घुम्न निस्किँदा सामान्य […]

सिकायत नआउने ढङ्गबाट काम गर्नुस्– प्रमुख आयुक्त डा यादव

७ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्तामा देखिएको सहभागिता उच्च प्रशंसनीय रहेको बताउनुभएको छ । स्थानीय तह निर्वाचनमा सुक्ष्म अनुगमनकर्ता अभिमुखीकरणको निर्वाचन आयोग परिसरमा आज शुभारम्भ गर्दै उहाँले भन्नुभयो– “उम्मेदवारी मनोनयन दर्ता निकै शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।” प्रदेश नम्बर १, ५ र ७ […]

सरकारले सबैलाई न्याय गर्छ–गृहमन्त्री

चितवन, ७ असार । गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले आफ्नो साधन स्रोत र शक्ति परिचालन गरेर समग्र सुरक्षाको व्यवस्था मिलाएको बताउनुभयो । अर्काे प्रसङ्गमा उहाँले असन्तुष्ट भएका राजनीतिक दलसँग पनि वार्ता र संवाद गरेर सहमतिमा […]

विद्यालयस्तरदेखि नै योगाभ्यास जरुरी ः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो विश्व योग दिवसका अवसरमा आयोजित योग अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दैै । तस्बिर ः रोशन सापकोटा, रासस ७ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिनुभएको छ । विश्व योग दिवसका अवसरमा आज आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति […]

देशभर आज दिनभर मौसम बदलि रहने

७ असार । देशभर आज दिनभर मौसम बदलि रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिनभर नै वर्षा हुने सम्भावना रहेको मौसमविद् विभुती पोखरेलले जानकारी दिए । केही बेर रोकिएपनि फेरि वर्षा हुने उनको भनाइ छ । पुर्व र मध्यमा हल्का वर्षा हुने र पश्मिमका केही ठाउँमा पनि वर्षा हुने सम्भावना रहेको मौसमविद् पोखरेलले […]

​आज अन्तर्राष्ट्रिय योग दिवस

७ असार । आज दोस्रो अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसंघकै आह्वानमा गत वर्षको जुन २१ का दिनदेखि संसारभर योग दिवस मनाउन थालिएको हो । राष्ट्र संघले एकता र शक्तिको सन्देश दिन यो दिवस मनाउन थालेको जनाएको छ । नेपालमा भृकुटीमण्डप क्षेत्रमा विहान ५ बजेदेखि सामूहिक योग अभ्यास सुरु गरिएको हो । […]