एकल महिलाले सन्चालन गरेको उद्योगको उद्घाटन

प्रेम क्षेत्री गैंडाकोट, असार ६ । नवलपरासीको गैंडाकोट ४ मा एकल महिलाहरुले उद्योग स्थापना गरेका छन् । नारी कल्याण एकल महिला पौरवि मञ्चले स्थापना गरेको एकल नारी कल्याण उद्यम केन्द्र (गार्मेन्ट) को आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । केन्द्रको उद्घाटन गर्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले महिलाहरुको यो प्रयासका प्रशंसा गर्दै विदेश […]

वीरेन्द्रसँग कुरा चलिरहँदा दरबार हत्याकाण्ड भयो- प्रचण्ड

६ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा जनयुद्ध कुनै नेताको मनोगत चाहनाले मात्रै नभएको बताएका छन् । नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्धारा लिखित पुस्तक ‘अंश’को विमोचन गर्दै प्रचण्डले नेपालमा जनयुद्ध समाजको आर्थिक, राजनीतिक, सामाजिक अवस्थितिका कारण सम्भव भएको दावी गरे । ‘नेपालमा जनयुद्ध प्रचण्ड, बाबुराम वा अरु कुनै […]

चितवनमा पन्ध्र अर्ब राजस्व सङ्कलन

चितवन, ६ असार । आन्तरिक राजस्व कार्यालय, भरतपुरले गत आवको जेठ मसान्तसम्ममा सङ्कलन गरेको राजस्वभन्दा चालु आवको सोही अवधिमा रु चार अर्ब ३३ करोड दुई लाख ६७ हजार बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई विभागले चालु आवका लागि दिएको लक्ष्यभन्दा बढी राजस्व ११ महिनामै सङ्कलन भएको छ । चालु आवको जेठ मसान्तसम्ममा रु १४ […]

कालाबञ्जरलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास

भरतपुर,६ असार। भरतपुर महानगरपालिका २६ मा पर्ने कालाबञ्जर क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनेबारे बहस सुरु भएको छ । चितवन पर्यटन विकास समितिले मंगलबार ‘कालाबञ्जर क्षेत्रको पर्यटन विकासबारे अन्तरक्रिया’ कार्यक्रममा स्थानीयले पर्यटकीय क्षेत्र बनाउन चासो देखाएका छन् । नारायणगढ देखि करिव ११ किलोमिटर पश्चिम गोब्रेनी देखि लगौटा–गाजिपुर–सिमरी टाउन––सिस्वाह–खयरघारी हुदै भगडीसम्म करिव १४ किलोमिटर लम्बाईको कालाबञ्जर क्षेत्रमा पर्यटन […]

जङ्गलमा मुन्टा टिप्दै चेपाङ

चितवनको विकट लोथरको कान्दास्थित जङ्गलमा तरकारीका लागि मुन्टा टिप्दै चेपाङ । यहाँका चेपाङहरु ६ महिना जङ्गलमा पाइने गिठा भ्याकुर र मुन्टा खाएर जीवननिर्वाह गर्छन । तस्बिर: रासस

देशभर विकासको लहर अगाडि बढाइने छ – ओली

६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट भाग्न खोज्नेलाई आफूहरुले निर्वाचनको मैदानमा ल्याएर सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याई संविधान कार्यान्वयन गराइछाड्ने बताउनुभएको छ अध्यक्ष ओलीले उर्लाबारीसँगै जोडिएको दमकस्थित कृष्णमन्दिरमा आयोजित कोणसभामा एमालेले जनताको भारी अभिमत पाएर दमक, झापाका साथै देशभर विकास निर्माणको लहर अगाडि बढाउने योजना बनाइरहेको जानकारी दिनुभयो । नेता ओलीले विपक्षी […]

र्‍याफ्टिङका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य

६ असार । साहसिक पर्यटनप्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । नेपालमा पदयात्रा, पर्वतारोहणपछि बढी सम्भावना बोकेको र्‍याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक र्‍याफ्टिङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गइरहेको छ । नेपालमा र्‍याफ्टिङको अथाह सम्भावना भए पनि यसको प्रवद्र्धनमा यथेष्ट ध्यान नपुगेको व्यवसायी बताउँछन् । र्‍याफ्टिङ व्यवसायी नानीकाजी थापा प्रचुर […]

चितवनमा फेरि देखियो स्क्रब टाइफस, चारजनामा सङ्क्रमण

चितवन, ६ असार । चितवनमा २०७४ सालको सुरुआतसँगै चारजनामा स्क्रब टाइफस रोग फेला परेको छ । गएको पुसदेखि नियन्त्रणमा आएको स्क्रब टाइफस रोग यो वर्षको सुरुआती दुई महिनाको अन्तरालमा चारजनामा रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित हुनेमा चारैजना महिला छन् । तीनजना चितवनका र […]

क्यान्सर अस्पतालको सेवा सुधार हुँदै

चितवन, ६ असार । व्यवस्थापकीय त्रुटिका कारण अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ कार्यकारी निर्देशक चयनसँगै यसको सेवा सुधार अभियान थालिएको छ । गत वैशाख २४ गते कार्यकारी निर्देशकमा डा विजयचन्द्र आचार्य नियुक्त भएसँगै अस्पतालले प्रदान गर्ने सेवामा सुधार आएको छ । कर्मचारीलाई सबै सेवा सुचारु गरी अतिरिक्त समयमा समेत काम गर्न आचार्यले […]

भरतपुर मतगणना प्रकरण : निर्वाचन आयोगको निर्णयको सक्कल माग्यो सर्बोच्चले

६ असार । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा पुनःमतगणना भन्ने विवादमा सर्वाेच्च अदालतले सबै कागज झिकाउन आदेश दिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमाथि मंगलबार सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले सात दिनभित्र सक्कल प्रति झिकाउन […]

भरतपुर मतगणना प्रकरण : वडा नम्बर १९ को सुनुवाई आज हुँदै

भरतपुर,६ असार । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज हुने भएको छ । यसअघि कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा सुनुवाई हुने भनिए पनि समय अभावको कारण देखाउँदै आजलाइ सारिएको थियोे । मालेको तर्फबाट भरतपुर वडा नम्बर १९ का खुला […]

विभिन्न ठाउँमा निर्विरोध निर्वाचित

६ असार । दोश्रो चरणको निर्वाचनमा देशका विभिन्न भागमा जनप्रतिनिधी निर्विरोध निर्वाचित भएका समाचार प्राप्त भएका छन् । निस्दीमा एमाले रामपुर (पाल्पा)– पाल्पाको निस्दी गाउँपालिका–३ झिरुबासमा दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)बाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएकी कुमारी विक निर्विरोध निर्वाचित हुनुभएको हो । आइतबार भएको उम्मेदवारको मनोनयनको दर्ता क्रममा दलित […]

प्रधानन्यायाधीश सिफारिसमा बिबाद बनिरहे यसरी टुंगिन्छ …

६ असार । संवैधानिक परिषद्को सोमबार बसेको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन । परिषद् सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको विषयमा थप अध्ययन गर्नुपर्ने बताएपछि बैठक विना निष्कर्ष टुंगिएको हो । सभामुख ओनसरी घर्तीले सकभर सहमतिमै नयाँ प्रधानन्यायाधीशको नियुक्ति गरिने बताइन् । दोस्रो बैठकमा पनि सहमति […]

१५ अगस्टमा भारत भ्रमण गर्ने प्रधानमन्त्रीको इच्छा

६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन (अगस्ट १५ स्वतन्त्रता दिवसका अवसर) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिइसकेको छ । भ्रमणबारे दुई पक्षबीच ठोस तयारी नभए पनि नेपालले उक्त मिति उपयुक्त हुने अनौपचारिक सुझाव भारतलाई दिएको छ । भारतले विदेशी सरकारप्रमुखलाई गणतन्त्र दिवसका अवसरमा […]

ब्लड बैंकहरुको लापरवाही, रगत लिँदा एचआईभी

६ असार । हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ बर्षे युवामा हालै परीक्षण गर्दा एचआइभी एड्स संक्रमण देखिएको छ । चढाईएको रगतबाट ती युवालार्य एचआईभी एड्स संक्रमण हुन पुगेको हो, उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा.अजित रायमाझीले भने, मुलुकमा संकलित रगत सुरक्षित रगत सुरक्षित छैन । उपयोगकर्तामा एचआईभी हेपाटाईटिस बी र सीलगायत अन्य […]

माडी जाने निकुञ्ज बाटो अहिलेसम्मकै उत्कृष्ट

विप्लव काफ्ले/कायाकैरन भरतपुर,६ असार । माडी जाने निकुञ्जभित्रको बाटो स्तरोन्नतिको काम धमाधम भइरहेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको सुविधा प्राप्त बाटोमध्ये झण्डै तीन किलोमिटर सडक उच्चस्तरको ग्राबेल गरिएको छ । भरतपुर–माडी–ठोरी सडक खण्डमध्ये निकुञ्जको बाटो थोरै बजेटले वर्सेनि मर्मत गरिएपनि सडक सुधार हुन सकेको थिएन । राप्ती पुलदेखि रेवा खोला पुलसम्मको करिब ११ किलोमिटर सडक […]

बिपद् मा बालसंरक्षणबारे तालिम

भरतपुर,६ असार। बिपद् मा बालसंरक्षणबारे चितवनमा ३३ जनाले तालिम लिएका छन् । महिला तथा बालबालिका कार्यालय भरतपुरको समन्वय तथा संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ–नेपाल)को सहयोगमा दियालो परिवार नारायणगढले तालिम दिएको थियो । फागुन १४ गतेदेखि तीन दिनसम्म चलेको तालिमको सोमबार समीक्षा गरिएको छ । दियालो परिवार नारायणगढले तालिम १२ जिल्लामा सम्पन्न गरेको थियो । दियालो परिवार […]

जनप्रतिनिधिलाई सुकुमबासीको प्रश्न – लालपुर्जा कहिले पाइने हो ?

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,६ असार । रत्ननगर क्षेत्रका सुकुमबासीले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनुपर्ने माग जननिर्वाचित प्रतिनिधिसँग गरेका छन् । नेपाल बसुकुमबासी सुधार समिति र आकृति महिला बचत तथा ऋण सहकारी संस्थाले सोमवार रत्ननगरको सालघारीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले निर्वाचित प्रतिनिधिबाट सुकुमबासीको बिल्ला हट्ने विश्वाससमेत व्यक्त गरे । रत्ननगर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको स्वागत तथा […]