भरतपुर २९ मा लागु औषध दूव्र्यसनी विरुद्ध सचेतना

भरतपुर, ४ असार ।
भरतपुरमा रहेको सन्देश फाउन्डेशनद्वारा सञ्चालित भरतपुर महानगर लागु औषध रोकथाम अभियान अन्तरगत आइतबार महानगरको वडा नम्बर २९ मा सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागीहरुले लागु औषध दूव्र्यसनी व्यक्तिको, परिवारको, समुदायको मात्रै समस्या नभएर समग्र राज्यको नै समस्याको रुपमा रहेको बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष मानबहादुर राना मगरले लागु औषधको बारेमा खुला छलफल गर्दै दूव्र्यसनी न्यूनीकरणमा जोड दिए । लागु औषध प्रयोगकर्तालाई लुकाएर राख्न भन्दा पनि विभिन्न माध्यमबाट सुधार गर्दै समाजमा असल नगारिकको रुपमा पहिचान दिलाउन सबैको सहयोगको खाँचो रहेको रानाले बताए । लागु औषध दूव्र्यसनी समस्या मात्रै नभएर रोग भएकाले यसको सहि उपचारको खाँचो रहेको वडा नम्बर २९ का सचिव प्रद्युम्न खड्काले बताए । नशा घरघरको दशा भएकोले यसलाई हेर्ने दृष्टिकोणा फराकिलो हुनुपर्नेमा खड्काले जोड दिए । विद्यार्थी तथा युवाहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा आफ्ना छोराछोरीलाई लागु औषधबाट जोगाउने अभियानमा सबै चनाखो भएर लाग्नुपर्ने भरतपुर महानगर लागु औषध रोकथाम अभियानका संयोजक दिवाकर श्रेष्ठको भनाइ छ ।
छलफलमा सहभागीहरुले जुगेडी पुलको वरिपरी लागु औषध प्रयोग गर्ने युवायुवतीहरुको संख्या बढ्दै गएकोले यसको रोकथामको लागि प्रहरीले काम गर्नुपर्ने बताए । उक्त कार्यक्रममा भरतपुर महानगर लागु औषध रोकथाम अभियानका सहसंयोजक गौरबबाबु ढकाल, नेकपाका प्रतिनिधि गोपाल कुँवर, प्रहरी चौकी जुगेडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण श्रेष्ठ, अभियानका सदस्य रविन श्रेष्ठ, रामनगर ठिमुरा सेवा समाजका अध्यक्ष प्रकाश भण्डारी लगायतले लागु औषध दूव्र्यसनी न्यूनीकरणका लागि सबैको साथ रहेको बताएका थिए । अभियान अन्तर्गत सोमबार भरतपुर महानगरपालिका वडा नम्बर २८ मा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट