राेनाल्डाेकाे ह्याट्रिक मद्दतले पाेर्चुगल-स्पेन बराबरी

भरतपुर, २ असार ।
विश्व फुटबलका दुई प्रभावशाली टोली स्पेन र पोर्चुगलबीच जारी भिडन्तमा रोनाल्डोले ह्याट्रिक गरेका छन्। स्पेनका डिएगो कोष्टाले २ तथा नाचोले १ गोल गरेका छन्। 

खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगलले अग्रता लिएको थियो। रोनाल्डोलाई स्पेनका न्याचोले डि-एरियाभित्र फउल हानेपछि पेनाल्टी पाएका हुन्। दुवै रियल म्याड्रिडमा सँगै खेल्छन्।

खेलको २४ औं मिनेटमा गोल गर्दै डिएगो कोष्टाले बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर रोनाल्डोले गोल गर्दै पुनः खेलमा अग्रता लिए। उनले पहिलो हाफको ४४ औं मिनेटमा उतकृष्ट गोल गरेका हुन्। स्पेनका डि जियाको गल्तीमा रोनाल्डो दोस्रो गोल गर्ने अवसर पाएका थिए।

पहिलो हाफमा २-१ ले पछि परेको स्पेनले दोस्रो हाफमा थप दुई गोल गर्‍यो। खेलको ५५ औं मिनेटमा कोष्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसको तीन मिनेट पछि नाचोले गोल गर्दै खेलमा स्पेनले अग्रता लियो।

खेलको ८८ औं मिनेटमा फ्रिकिक मार्फत आकर्षक गोल गर्दै रोनाल्डोले यो विश्वकपमा पहिलो ह्याट्रिक गरे।

ग्रुप ‘बी’ मा स्पेन र पोर्चुगलले बराबरी खेल्दै अंक बाढेका छन्। यसअघि मोरक्कोलाई हराएको एसियाली मुलुक इरान समूहको शीर्ष स्थानमा छ।

फाेटाे: फिफा

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट