अन्तिम समयकाे अात्मघाती गाेलले हार्याे माेरक्काे, इरानलाई महत्वपूर्ण ३ अंक

भरतपुर, १ असार ।

रसियामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत शुक्रबार दोस्रो दिनको दोस्रो खेलमा मोरक्कोको आत्मघाती गोलले इरान विजयी भएको छ। इन्जुरी समयमा मोरक्कोबाट आत्मघाती गोल भएको हो।

मोरक्कोले २० वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो। यसअघि सन् १९९८ मा फ्रान्समा भएको विश्वकप खेलेयता मोरक्को छनौट भएको थिएन।

सुरुअाती समयमा मोरक्को टिम इरानमाथि हाबी थियो।

यी दुई टिम पाँचौंपटक आमनेसामने भएका हुन्। यसअघिका चार भिडन्तमध्ये तीनमा मोरक्कोले जीत हात पारेको थियो। अन्तिमपटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा भने इरानले बाजी मारेको थियो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट