विश्वकपकाे उद्घाटन खेलमा रूसकाे सानदार जित, साउदी अरब ५-० ले पराजित

 

पहिलो हाफको १२ औं मिनेटमा युरी गाजिन्स्कीले गोल गर्दै आयोजक राष्ट्र रुसलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको अन्त्यतिर डेनिस चेरिशेभले गोल गर्दै रुसको अग्रता दोब्बर पारे ।

त्यस्तै परिवर्तित खेलाडी आर्तेम जुबाले ७१ औं मिनेटमा गोल गर्दै रुसको जित सुनिश्चित गरेका थिए । खेलको अन्तिममा चेरिशेभले निकै आकर्षक गोल गर्दै स्कोर ४-० पारे भने फ्रिकिकमा अलेक्जान्डर गोलोभिनले गोल गर्दै साउदीलाई लज्जास्पद हार दिलाए ।

खेलभरी आयोजक निकै आक्रामक देखिए भने साउदीको अग्रपंक्ति निकै फितलो देखियो । तर खेलमा साउदी अरेबियाले नै ६० प्रतिशत पोजेसन राख्न सफल भएको थियो । समूह ‘ए’ को दोस्रो खेलमा भोलि ५.४५ मा इजिप्ट र उरुग्वे भिड्दै छन् ।

फाेटाे: फिफा

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट