ओईसीसी मिस एसईई स्टार फाइनल आज

टाइटल विजेताले ५० हजार पाउने

भरतपुर, १९ बैशाख ।
ओईसीसी मिस एसईई स्टार चितवन २०१८ को अन्तिम प्रतिस्पर्धा आज शनिबार गरिदैछ । एसईई परीक्षा २०७४ मा सहभागी भएका २६ जना किशोरीहरु ‘ओईसीसी मिस एसईई स्टार’ टाइटलका लागि भिड्दैछन् ।

दिउँसो २ः३० बजे गैंडाकोटको नारायणी किनारस्थित नारायणी रिसोर्टमा महानायक राजेश हमालको प्रमुख आतिथ्यमा गरिने कार्यक्रममा उनीहरु ¥याम्पमा उत्रनेछन् । उनीहरुमध्येबाट टाइटल विजेताले ५० हजार, फस्र्ट रनर अपले ३० हजार र सेकेन्ड रनर अपले २० हजार रुपैयाँ नगदसहित अक्सफोर्ड कलेजले प्रदान गर्ने छात्रवृत्ति पाउनेछन् । अक्सफोर्डले टप फाइभलाई शत प्रतिशतदेखि ३० प्रतिशतसम्म छात्रवृत्ति दिने घोषणा गरेको छ ।

८७ जनाबाट छनौट भएका २६ जनामध्ये १३ जनाले सबटाइटल जित्नेछन् । लिभ एण्ड लिड इन्टरनेशनलले नेपाल डायरिजको व्यवस्थापन र कायाकैरन मिडिया नेटवर्कसँगको सहकार्य र नेपाल डायरिजको व्यवस्थापनमा आयोजना गरेको प्रयिोगितामा मिस ट्यालेन्ट, मल्टिमिडिया र मिस पपुलरलगायत टाइटल दिइने कार्यक्रम संयोजक मनिष तामाङले जानकारी दिए ।

प्रतियोगितालाई शैक्षिक परामर्शदाता संस्था ओईसीसीले शीर्ष प्रायोजन गरेको छ । गत डेढ महिनादेखि प्रशिक्षणरत किशोरीहरु विभिन्न प्रतिभाका छन् । उनीहरुलाई विभिन्न सामाजिक तथा चेतनामूलक अभियानमा सहभागी गराइएको कार्यक्रममा इभेन्ट म्यानेजरको भूमिका निर्वाह गरिरहेको नेपाल डायरिजका प्रबन्ध निर्देशक विनेश थापाले बताए ।
एसईई दिएका किशोरीलाई गतवर्ष पहिलोपटक मिस एसईई स्टारमा सहभागी गराइएको थियो । त्यसबेला अनुष्का रानाभाटले उपाधि जितेकी थिइन् । किशोरीको व्यक्तित्व विकास र नेतृत्व क्षमतामा निखारता ल्याउन यस्तो प्रतियोगिता उपयोगी हुने पहिलो मिस एसईई अनुष्का रानाभाटले बताइन् ।
भरखरै १० कक्षा सकेकी किशोरीको दिमाग उर्वर हुने र योबेला समाजलाई नेतृत्व गर्न सिकाउने हो भने भविष्यको बाटो कोरिने प्रतियोगितामा मिडिया कोअर्डिनेटरको भूमिका निर्वाह गरिरहेका कायाकैरन मिडिया नेटवर्ककका निर्देशक अनिल घिमिरे बताउँछन् । त्यही उद्देश्यले आफूहरुले प्रतियोगितामा सहकार्य गरेको उनले बताए ।

………..

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट