मिस एसईई स्टार ‘प्रतिभा’ देखाएर रमाए

भरतपुर, १४ जेठ ।
मिस एसईइ स्टार चितवन २०१८ अन्र्तगत आइतबार गरिएको ‘ट्यालेण्ट शो’ मा प्रतिस्पर्धिले आआफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । एसईई परीक्षा दिएर बसेका विद्यार्थी सहभागि सौन्दर्यात्मक प्रस्पिर्धामा चितवनका २६ जनाले प्रतिभा देखाएका छन् ।

८७ जनाबाट छनौट भएका २६ जनाले ‘ट्यालेण्ट शो’ मा गीत, नाच, अभिनय, वाककला, हस्तकला लगायतका प्रतिभा देखाएका थिए । मानववेचविखन, महिला हिंसा विरुद्ध, सामाजिक अभियानमा सहयोग पुग्ने सचेतनामुलक प्रतिभा देखाएका थिए । लिभ एण्ड लिड इन्टरनेशनलले आयोजना गरेको
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा यही १९ गते हुने जनाइएको छ । उपाधि विजेतालाई नगद ५० हजार रुपैयाँ सहित कक्षा ११ मा विशेष छात्रवृत्ति तथा अन्य आकर्षक पुरस्कार दिइने छ । यस्तै विभिन्न १३ विधामा उत्कृष्ट छनौट गरिने छ । प्रतियोगितामा मिस ट्यालेन्ट, मल्टी मिडिया र पिपुल्स च्वाईसको प्रतिस्पर्धा चलिरहेपनि अन्य विधा अन्तिम प्रतिस्पर्धाकै दिन छनोट गरिने नेपाल डायरिजका प्रवन्धक विनेश थापाले जानकारी दिए । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा भएको मिस ट्यालेन्ट शो मा कुमारी बैकका चितवन शाखाका म्यानेजर भुपेन्द्र खड्का, नारायणी कलामन्दिरका प्रशिक्षक सुमित लामा र केएसएस ईभेन्टका संस्थापक सुजन श्रेष्ठ निर्णायक रहेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट