जनशक्ति उत्पादन गर्दै एसिया प्यासिफिक

भरतपुर, ५ जेठ ।
एसिया प्यासिफिक कलेज अफ होटल म्यानेजमेण्ट एण्ड कुलिनरी आर्ट्सले ‘डिप्लोमा इन होटेल म्यानेजमेण्ट’ तथा ‘कुलिनरी आर्टस’ कोर्स सुरु गरेको छ । संस्थाले विगत ४ वर्षदेखि यो कोर्स सुरु गरेको छ । यो वर्ष होटेल म्यानेजमेण्टमामा ३० जना र कुलिनरी आर्टस् (पाककला) मा २० जना पढ्दैछन् । यस्तै आगामी नोमेम्बरदेखि नयाँ कक्षामा भर्ना लिइने तयारी छ । एसईई र कक्षा १२ दिएका विद्यार्थीले डिप्लोमा इन होटल म्यानेजमेण्ट र कुलिनरी आर्टस्मा पढ्न पाउनेछन् ।

सिटिइभिटी नेपाल र सिटि एण्ड गिउल्ड्स बेलायतबाट मान्यताप्राप्त कलेज हो । होटल क्षेत्रमा दक्षजनशक्तिको अभाव तथा बढ्दो बेरोजगारी समस्या कायम रहेको अवस्थामा कलेजले सीपमूलक तालिममा बढी जोड दिदै कक्षा चलाउँदै आएको छ ।


एसिया प्यासिफिक कलेज अफ होटल म्यानेजमेण्ट एण्ड कुलिनरी आर्ट्स चितवन शाखाका निर्देशक आशिष घिमिरेले छोटो अवधिमै सीपमुलक तालिम दिदै आत्मनिर्भर बनाउने लक्ष्य सहित कोर्स दिदै आएको बताए । “तालिम तथा कक्षा लिएपछि रोजगारी खोज्न सहज हुन्छ”, उनले भने, “दक्ष जनशक्ति बनाउन कलेज लागिपरेको छ ।” अडियो, भिडीयो, सैद्धान्तिक तथा व्यवहारीक ज्ञान दिइने भएकाले विद्यार्थी आकर्षण बढेको बताए ।

बेलायतको सरकारी स्वामित्वको संस्था सिटी एण्ड गिउल्ड्सले १८० राष्ट्रमा हस्पिटालिटी क्षेत्रको क्यारियर बनाउन चाहने विद्यार्थीलाई सीपमूलक व्यवहारीक कक्षा सञ्चालन गर्दै आइरहेको छ । सिटी एण्ड गिउल्ड्ससँग एसिया प्यासिफिक कलेजले साझेदारी गर्दै १ वर्षे क्यारियर कोर्स दिदै आएको छ । नेपालमा ६ महिना तालिम लिएपछि ‘पेड इन्टनसीप’ मार्फत ६ महिनाको कोर्ष लिन विदेश लैजाने व्यवस्था समेत छ ।

एसिया प्यासिफिक कलेजले छोटो अवधिका विभिन्न कोर्सहरु सञ्चालन गर्दैआएको छ । विशेष कुलिनरी कोर्स, वेकरी एव एफएनबि सर्भिस, हाउस किपिंग, बार म्यानेजमेण्ट तथा फास्टफुड, कफि बनाउने कक्षा तथा तालिम दिदै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट