शक्तिखोरमा अटो दुर्घटना : ४ जनाको मृत्यु, १ घाइते

चितवन, २३ फागुन ।
कालिका नगरपालिका–९ मा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
कालिका–९ स्थित भित्री सडकखण्डमा उपरदाङगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बा.प्र.०६–००१ ह ०३१५ नम्बरको अटो अनियन्त्रित भई नालामा पल्टिँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अटो चालक राप्ती नगरपालिका–९ का ३९ वर्षीय पूर्ण विकको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै राप्ती नगरपालिका–८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती–९ की २२ वर्षीया बिनी तामाङ र सोही स्थानका ५५ वर्षीय तिलक तामाङको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा राप्ती नगरपालिका–९ की ५३ वर्षीया चिनीकुमारी गुरुङ घाइते भएकी छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र हाल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट