राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०८२ का विजेताहरू घोषणा

ललितपुर, १५ माघ ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विजेताहरूको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिला अध्यक्षतामा शुक्रबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

अमूल्य राष्ट्रिय कलाश्री सम्मान वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई प्रदान गरिने भएको छ । त्यस्तै, राष्ट्रिय कलाश्री पुरस्कार प्रतिभाशाली कवि, निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’ लाई दिइनेछ ।
अन्य पुरस्कार विजेताहरू यसप्रकार छन्:

स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार: कवि तथा अनुवादक निमेष निखिल

बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार: पत्रकार तथा सर्जक राजेश खनाल

थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार: मिथिला कलाका साधक चित्रकार एस. सी. सुमन

पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार: प्रसिद्ध लोक गायिका तथा अन्वेषक झुमा लिम्बू

प्रतिष्ठानका अनुसार राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित १ लाख रुपैयाँ, स–सिद्धि युवा पुरस्कारमा ७५ हजार, ललितकला पुरस्कारमा ६० हजार, र अन्य पुरस्कारमा ५०–५० हजार रुपैयाँ राशिसहित प्रदान गरिनेछ ।

उक्त सम्मान र पुरस्कार फागुन ४ गते काठमाडौँको प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको प्रेक्षालयमा विशेष कार्यक्रमको माध्यमबाट अर्पण गरिने छ । प्रतिष्ठानले विगत १७ वर्षदेखि निरन्तर कलाश्री सम्मान र पुरस्कार मार्फत नेपाली कला, साहित्य र सङ्गीतलाई प्रोत्साहन गर्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट