सम्पूर्ण किताबमा `विविशारा´ विमर्श

भरतपुर, २८ पुस ।
आख्यानकार छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ को विमर्श कार्यक्रम गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा आइतबार गरिएको कार्यक्रममा समालोचक उदय अधिकारी र धनराज गिरीले समीक्षात्मक टिप्पणी गरेका थिए ।

समालोचक अधिकारीले सहरी संस्कृतिले ल्याएको विकृतिलाई उपन्यासमा उतारिएको बताए । `अहिलेको सहरिया जीवनको विकृतिलाई लेखक घिमिरेले यथार्थपरक किसिमले उल्लेख गर्नुभएको छ´, अधिकारीले भने – `विविशारा अनाथको कथा हो ।´

त्यसैगरी अर्का वक्ता धनराज गिरीले यो उपन्यास सरल र प्राञ्जल भाषामा लेखिएको दुःखपुराण भएको बताए । लेखक घिमिरेले चितवनका पाठकमाझ आएर उपन्यासको विमर्श गर्न पाउँदा खुसी लागेको बताए । फिनिक्स बुक्सले प्रकाशन गरेको उपन्यासको मूल्य ५९९/- छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट