मोटरसाइकलको ठक्करबाट घाइते साइकल यात्रीकाे उपचारका क्रममा मृत्यु

मकवानपुर, १४ असोज ।
भरतपुर महानगरपालिका–१७ शारदानगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकल यात्रीकाे उपचारका क्रममा मृत्यु भएको छ ।

बुधबार बिहान शारदानगरबाट बेलुवा चोकतर्फ जाँदै गरेको बा.प्र.०६–००३ प ०७९६ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा भरतपुर–१७ शारदानगरका ७५ वर्षीय तिलकप्रसाद कँडेल घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएकाे छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका कँडेललाई स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा उनकाे सोमबार साँझ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक भरतपुर–१८ का ३६ वर्षीय सन्तोष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट