जैविक कृषि जागरण यात्रा हुने

काठमाडौं, ८ वैशाख ।
खाद्य लागि कृषि अभियानले जैविक कृषि जागरण यात्रा – २०८२ गर्ने भएको छ । सोमबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी १ महिना सो जैविक कृषि जागरण यात्रा गर्नेबारे जानकारी गराइएको हो । पछिल्लो समय खाना, खेतीपाती र वातावरण सबैभन्दा ठूलो संकटमा छन् । रासायनिक मल र विषादीको प्रयोग निरन्तर बढ्दो छ । यसले माटो र मानव स्वास्थ्यलाई थप संकटग्रस्त बनाइरहेको अभियानकर्ताले बताएका छन् । जलवायु परिवर्तनसँगै माटो मरिरहेको, पानी चक्र बिग्रँदै गएको अवस्था छ । परिणामतः एकातिर हाम्रो स्थानीय उत्पादन आवश्यक रूपमा बढ्न सकेको छैन भने अर्कातिर हानिकारक आयातित प्रशोधित अल्पपोषक खानामा भर पर्नु परिरहेको कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताए । ‘आम किसानको सरोकार सम्बोधन गर्ने जिम्मेवारी लिएका सरकार र सरोकार समूहहरू यसप्रति उदासीन देखिन्छन्’, अधिकारीले भने,‘ कृषि क्षेत्रको उन्नतिका लागि दिशानिर्देश गर्ने कृषि नीति र संघीय ऐन अहिलेसम्म बन्न सकेका छैनन् ।’

खाना र उत्पादक किसानको सुरक्षा खाद्य अधिकार र सम्प्रभुता ऐन नियम बने पनि कार्यान्वयनमा आउन सकेका छैनन् । सरकारी अधिकारीहरूले खाद्य सुरक्षा तथा बीउ संरक्षण र विषादी नियन्त्रण सरकारको प्राथमिकता हुने बताए पनि दलाललाई फाइदा पुग्ने खालको बेथितिबाट यस्ता प्राथमिकताहरू कार्यान्वयन हुनेमा विश्वास गर्ने आधार नदेखिने उनीहरूको भनाई छ । जागरण यात्रामा हुने सबै भेटघाट र संवादलाई, स्वस्थ र पोषणयुक्त खाना प्राप्त गर्ने नैसर्गिक अधिकारको सुनिश्चितता, कृषि, खाद्य, भूमि, जलवायु लगायत जीवनका आधारभूत पक्षमा किसान समुदाय विशेषगरी महिला, दलित, आदिवासी जनजाति र विपन्न समूहको न्यायसंगत हक स्थापित गर्ने र सरोकारवालाहरूलाई जवाफदेही बनाउन एक सशक्त अवसरको रूपमा लिने अभियानकर्ताहरुको दाबी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट