सुवास लामिछाने
माडी, २१ मंसिर ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा माडी नगरपालिकावाट ७५.५९ प्रतिशत मत खसेको छ । आज सम्पन्न मतदानवाट माडी नगरपालिकाको ९ वडाको १५ मतदान स्थलहरुवाट १९ हजार ७० मत खसेको निर्वाचन कार्यालयले जानकारी दिइएको छ ।
स्थानिय तहको प्रतिशत हेर्दा भने केही प्रतिशत मत वढी खसेको छ । माडी नगरपालिकाको वडा नम्वर १ मा ७५.६३ प्रतिशत मत खसेको छ । यस्तै वडा नम्वर २ मा ७९.९० प्रतिशत मत खसेको छ । यसैगरी वडा नम्वर ३ मा ८२.३० प्रतिशत मत खसेको छ । यस्तै वडा नम्वर ४ मा ७९.५९ प्रतिशत मत खसेको छ । यसैगरी वडा नम्वर ५ मा ७६.५२ प्रतिशत मत खसेको छ । यस्तै वडा नम्वर ६ मा ७०.५४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी वडा नम्वर ७ मा ७४.७९ प्रतिशत मत खसेको छ ।
यस्तै वडा नम्वर ८ मा ७४.३५ प्रतिशत मत खसेको छ । यसैगरी वडा नम्वर ९ मा ६९.३० प्रतिशत मत खसेको छ । माडी नगरपालिकामा कुल मतदाताको संख्या २५ हजार २ सय २८ मतदाता रहेका थिए । स्थानिय निर्वाचन भन्दा कुल मतदाताको संख्या ४ हजारले वढी रहेको थियो । ंं माडी नगरपालिकाको १५ वटै मतदान स्थलहरुमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । माडीमा एक मतदान स्थलमा २० जना सुरक्षाकर्मी तैनाथ रहेका थिए ।





