चितवन, २१ मंसिर ।
चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले चितवनको मतदान निकै नै शान्तिपूर्ण भएको बताएका छन् । “जिल्लमा निकै नै शान्तिपूर्ण र राम्रो निर्वाचन भयो”, उनले भने, “केही पनि घटना भएन, हामी खुसी छौं ।”
उनले क्षेत्र नम्बर १ र २ का सबै केन्द्रमा साढे ५ बजे आसपासमा नै मतदान सकिएको र त्यसपछिको प्रक्रिया सुरु भएको तर, ३ नम्बर क्षेत्रका केही मतदान केन्द्रमा भने केही ढिलासम्म मतदान भएकोले मतपेटिका आउन केही ढिला भएको बताए ।

जिल्लामा करिब ७० प्रतिशत मतदान भएको आँकलन उनले गरे । तर, खास तथ्यांक भने अहिले थाहा नहुने उनले बताए ।
मतगणनाको विषयमा के गर्ने भन्न विषयमा अहिले ७ बजे सबै दलका प्रतिनिधिलाई चितवन माविमै बोलाएको उनले बताए । छलफल गरेर मतगणना कहिले र कसरी सुरु गर्ने भन्ने टुंगो लगाउने उनले बताए ।





