चितवनमा ६८ प्रतिशतभन्दा बढी मत खसेको अनुमान

चितवन, २१ मंसिर ।

देशका ४५ जिल्लामा बिहीबार प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अति नै उत्साहप्रद ढंगले मतदान भइरहेको छ । अहिले साँझ ५ बजे सबै मतदान केन्द्रको मूल गेट बन्द गरिएपनि कतिपय केन्द्रमा मतदान कार्य चलिरहेको छ ।

चितवन जिल्लामा ६८ प्रतिशतभन्दा बढी मतदान भएको अनुमान गरिएको छ । मतदान भइरहेकोले कति मतदान भयो भन्ने एकिन नभएपनि जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले कम्तीमा ६८ प्रतिशत मतदान भएको बताए ।

“६८ भन्दा बढी नै हुने आँकलन गर्न सकिन्छ”, टेलिफोनमा उनले भने, “तर, ठ्याक्कै कति भयो भन्ने अहिले थाहा हुँदैन, सबै केन्द्रको डाटा आएपछि भन्न सकिन्छ ।”
जिल्लामा १६१ मतदान स्थल र ४०८ केन्द्रमा ३ लाख ५४ हजार ३६ मतदाता रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट