चितवन माविमा सुरक्षा कडा, गणनास्थलमा तारजाली राखियो

विप्लव काफ्ले

भरतपुर, २१ मंसिर ।

आज भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत गन्ने ठाउँ चितवन माध्यमिक विद्यालयमा विशेष तयारी गरिएको छ ।

सबै क्षेत्रको मतगणना गरिने चितवन माविमा हिजोदेखि नै सुरक्षाकर्मी परिचालित छन् । आज ५ बजेपछि मतदान सकेर सबै मतपेटिका यहीं ल्याइनेछ ।

चितवनको मतगणना गरिने चितवन माविको गेटमा तैनाथ सुरक्षाकर्मी । फोटोः विनोदबाबु रिजाल ।

यहाँ छु्ट्टाछुट्टै तला र कोठामा तीन क्षेत्रका मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गणनास्थलमा तारजाली पनि राखिएको छ । पहिले नराखिने भनिएपनि सुरक्षा चुनौतीलाई ख्याल गरी तारजाली राखिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।

जिल्लाको नतिजा ४ दिनभित्र दिने तयारी भइरहेको छ । त्यसका लागि बहुस्थल गणना गर्ने तयारी गरिएको छ । गणना भने भोलि शुक्रबारबाट मात्रै सुरु गर्ने तयारी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट