मंसिर २१ – स्वतन्त्र मधेस अभियान सञ्चालन गरिरहेका सिके राउत पक्राउ परेका छन् । उनको समूहले चुनाव बहिस्कार गरेको छ । चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले बिहान उनलाई जनकपुरको माछा बजारमा रहेको डेराबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको धनुषाका एसपी चक्रबहादुर सिंहले जानकारी दिनुभयो । उनले चुनाव बहिस्कार गर्न उर्दी दिएका कारण उनको गृहनगर महादेवामा अहिलेसम्म कोहि पनि मतदान गर्न गएका छैनन् । देश विखण्डको अभियान चलाएको भन्दै प्रहरीले उनलाई यसअघि पनि पटक पटक पक्राउ गरेको थियो ।Unn.com.np





