२१ मंसिर । काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफूप्रति मतदाताको सदभाव उत्साहजनक देखिएको बताएका छन् ।
मिश्रले भने, ‘देश तराजुमय बनेको छ । त्यसबाट हामी उत्साहित छौं ।’काठमाडौं १ बाट उम्मेदवार बनेका मिश्रले ललितपुरबाट मतदान गरेका छन् ।
उनले भने, ‘देश बनाउनको लागि, आफ्नो टोलछिमेक बनाउनका लागि, आफ्नो परिवार बनाउनका लागि, आफ्नो भविष्य बनाउनका लागि लोकतन्त्रमा एउटा मतको ठूलो शक्ति हुन्छ । त्यो हामी सबैले प्रयोग गर्नुपर्छ ।’





