२१ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गरेका छन् ।
काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सिंहले अरु उम्मेदवारहरु कमजोर रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । उनले भने, ‘पहिलो संंविधानसभामा भन्दा दोस्रोमा धेरै मत ल्याएको थिएँ । अहिले अझ धेरै मत ल्याउँछु ।’ नेता सिंहले आफूलाई भोट हाल्न भने पाएनन् । उनी काठमाडौं क्षेत्रनम्बर १ का उम्मेदवार हुन् तर, काठमाडौं क्षेत्रनम्बर ७ को पकनाजोलस्थित युवक जनता माविबाट मतदान गरेका छन् । काठमाडौं क्षेत्रनम्बर १ मा वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र साझा विवेकशिल पार्टीबाट रविन्द्र मिश्र प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।





