मतगणना २१ गते बेलुका ५ बजेबाट सुरु हुने

१९ मंसिर। पहिलो चरणमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना २१ गते बेलुका ५ बजेबाट  सुरु हुने भएको छ ।

दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै २१ गते बेलुका ५ बजेबाट पहिलोचरणमा संकलन गरिएर राखिएका मतपेटिकाहरु खोलिने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतगणना सुरु गर्न २१ गते दिउसो नै गणनाका लागि सर्वदलीय सहमति भैसक्ने जनाएको छ ।

पहिलो चरणमा गत मंसिर १० गते प्रतिनिधिसभाका ३७ सीट र प्रदेशसभाका ७४ सीटका लागि मतदान भएको थियो । सबै मतपेटिकाहरु जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित राखिएको छ । मतपेटिकालाई सुरक्षाकर्मी र दलका प्रतिनिधिको विषेश निगरानीमा राखिएको छ ।

दोस्रो चरणमा भएको मतदान भएको जिल्लामा भने सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि मात्र मतगणना सुरु हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट