बागमतीमा सडक अवरोध तत्काल हटाउन द्रुत प्रतिकार्य टोली गठन

मकवानपुर, १६ साउन ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधर विकास मन्त्रालयले प्रदेशभित्र रहेका सडकसञ्जालमा हुने बाढी पहिरोको अवरोध तत्काल हटाउन द्रुत प्रतिकार्य टोली(क्युआरटी) गठन गरेको छ । बुधबार मन्त्रालयमा टोली गठनसँगै मन्त्री अमनकुमार मास्केले जिम्मेवारी समेत प्रदान गरेका छन् ।

टोलीलाई निर्देशन दिँदै मन्त्री मास्केले नागरिकप्रति उत्तरदायित्व सरकारको रहेकाले सानो सानो कुरामा पनि हामीले काम गर्नुपर्ने बताए । सानै कुरा गर्दा पनि नागरिक खुसी हुनाले सडक अवरुद्धबारे सुचना दिने, बैकल्पिक सडक प्रयोग गर्न लगाउने र तत्काल अवरुद्ध सडक सञ्चालन गर्न क्युआरटी टोलीले कार्यान्वयन गरिनुपर्ने बताए ।

`तत्काल मोवाईल टिम खटाउनेछौँ र सञ्चारमाध्यमबाट सूचना प्रवाह गर्छौँ,´ मन्त्री मास्केले भने- `प्रायः हेटौँडा – काठमाडौं जोडिने सडकहरु पहिरोले अवरुद्ध भइरहने समस्या छ । त्यसलाई निराकरण गर्न आवश्यक छ । सोही अनुरुप मन्त्रालय अघि बढ्छ । मैले पदवहाली गर्दा नै योजनाहरु समयमै सक्नेगरी काम गरिने र पूरा नभएका अघिल्ला योजनाहरु तुरुन्तै समयभित्रनै सक्नेगरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनेछु ।´

क्युआरटी टोलीको संयोजकमा यातायात पूर्वाधार निर्देशानालयका निर्देशक पुष्कर प्रसाद पोखरेल रहेका छन् भने सदस्यहरुमा मन्त्रालयको सिनियर डिभिजनल ईन्जिनियर सुजन भण्डारी, मन्त्रालयका विपद् फोकल पर्सन ज्यानेन्द्र प्रसाद पुन, निर्देशानालयका अधिकृत हरीप्रसाद ओझा र जिल्ला स्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सदस्य रहने मन्त्रालयका सचिव अमृत श्रेष्ठले बताए ।

टोलीले अवरुद्ध भएका मुख्य प्रादेशिक सडकहरुको पहिचान गर्ने कार्य निरन्तर गरिनुका साथै सुचना सम्प्रेषण गर्ने, बैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रुपमा अवरुद्ध सडकहरु यथाशीघ्र छिटो सुचारु गर्ने अन्तरनिकायसँग समन्वय गर्ने, कार्यालयगत रुपमा आकस्मिक मर्मत सम्भार शीर्षकमा विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने र प्रचलित कानुनको अधिनमा रहेर टोली स्वयंमबाट निर्धारित अन्य कार्यक्षेत्रगत शर्तहरुको कार्यान्वयन गर्ने र गर्न लगाउने रहेको सचिव श्रेष्ठले बताए ।

जिम्मेवारी लिँदै निर्देशानालयका निर्देशक पोखरेलले सफलता पूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै परिणाममुखी काम गर्ने बताए । उनले आफ्नो टोलीले शर्त अनुरुप काम गर्नुका साथै मन्त्रालयको निर्देशनलाई पालना गरि नागरिकहरुलाई सहज हुने गरी काम गर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट