बागमती प्रदेशको मन्त्रिपरिषद विस्तार

मकवानपुर, १० साउन ।
बागमती प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री बहादुरसिं लामाले कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गत मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका लामाले बुधबार सपथ लिएका थिए ।

बुधबारनै ९ जना मन्त्री नियुक्त गर्दै सपथ गराएका लामाले बिहीबार काँग्रेसका तर्फबाट चार जनालाई मन्त्रीमा नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् । कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र विमल ठकुरी मन्त्री भएका छन् । तामाङलाई आर्थिक मामिला तथा योजनामन्त्री, लामिछाने आन्तरिक मामिला तथा कानुनमन्त्री, महर्जन युवा तथा खेलकुद र ठकुरीलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । नयाँ नियुक्त भएका मन्त्रीहरुको सपथ भने भएको छैन ।

बुधबार बिनाविभागीयमन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट बुधबार नै मन्त्री भएका मदुकुमार श्रेष्ठले भने मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

यसअघि एमालेबाट प्रकाश श्रेष्ठ कृषि, अमनकुमार मास्के भौतिक पूर्वाधार, किरण थापा मगर स्वास्थ्य, कृष्णप्रसाद सिलवाल वन, प्रेमभक्त महर्जन श्रम रोजगार र शुकमाया तामाङ उद्योगमन्त्रीको रूपमा शपथ लिइसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट