हिपहप मोबाइलको नयाँ बिक्री कक्ष लायन्स चोकमा

भरतपुर, १७ जेठ ।
हिपहप मोबाइलले नारायणगढको लायन्स चोकमा नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले एक कार्यक्रमबीच बिक्री कक्षको उद्घाटन गरेका हुन् ।

बिक्री कक्ष उद्घाटन गर्दै उपाध्यक्ष सुवेदीले आर्थिक मन्दीको अवस्थामा पनि आफ्नो व्यवसायको शाखा विस्तार गर्नु सकारात्मक पक्ष भएको बताए । हिपहप मोबाइलको यो तेस्रो बिक्री कक्ष हो । रत्ननगर टाँडी बजार र इन्द्रदेव मार्ग नारायणगढपछि लायन्सचोकस्थित लायन्स भवनमा तेस्रो शाखा खोलिएको हो ।

पसलका सञ्चालक रतन भट्टले शुभारम्भ अफर अन्तर्गत शून्य प्रतिशत व्याजमा किस्ताबन्दीमा मोबाईल किन्न पाइने बताए । आइफोनमा पनि किस्ताबन्दीमा उपलब्ध गराइने उनले बताए । हिपहप मोबाइल आइटेलमोबाइलको आधिकारिक बिक्रेता हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट