कमल अर्यालको गजल ‘म तिम्रै शहरमा’ सार्वजनिक (भिडियो सहित)

भरतपुर, २८ वैशाख ।

चितवनका गजलकार कमल अर्यालको ‘म तिम्रै शहरमा’ बोलको गजलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक युट्युब च्यानलमार्फत् बिहीबार उक्त गजल सार्वजनिक गरिएको हो ।

गजलमा स्वर तथा संगीत चितवनका स्रस्टा उदय मानन्धरको रहेको छ । भिडियोको निर्देशन सुरेन्द्र मानन्धरले गरेका छन् ।

हरिशरण सायमीको संगीत संयोजन रहेको उक्त गजलको म्युजिक भिडियोमा किरण जोशी, रबिता बाके, सीताराम माका, सविना श्रेष्ठ, सुरेश मानन्धर, उमेश सापकोटा र लक्ष्मी थापालगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

रत्ननगर निवासी अर्याल २०५५ सालदेखि गजल लेखनमा निरन्तर सक्रिय छन् । उनका ‘तिमी आउनुअघि’ (२०७१), ‘तिमी आएपछि’ (२०७३) र ‘लौरो’ (२०७५) गरी तीन वटा एकल गजलसङ्ग्रह तथा ‘ईप्रतिनिधि नेपाली गजल’, ‘हैसियत-२’, ‘शब्द शिविर’ र ‘अक्षरहरूको पिरामिड’ गरी ४ वटा संयुक्त गजलसङ्ग्रह प्रकाशित छन् ।

अर्यालले यसअघि लेखेका ६ वटा गजल पनि सांगीतिक रूपमा सार्वजनिक भएका छन् । उनी हाल काव्यकुञ्ज साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष छन् ।

त्यस्तै गायक तथा संगीतकार मानन्धर रत्ननगर निवासी हुन् । उनी भिन्तुना कला केन्द्रमार्फत संगीत क्षेत्रमा सक्रिय छन् । संगीत गुरु उस्ताद गोविन्द किपुको प्रेरणाले आफू यस क्षेत्रमा लागिरहेको उनी बताउँछन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट