नवदुर्गाको स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान

भरतपुर, १७ वैशाख ।
नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ ।

संस्थाले १६ औँ स्थापना दिवसको अवसर पारेर भरतपुर- ५ शान्ति चोकस्थित कार्यालय परिसरमा सोमबार कार्यक्रम आयोजना गरी ७१ वर्षदेखि माथि उमेरसमूहका ज्येष्ठ सदस्यलाई नवदुर्गा सहारा लठ्ठी दिई रुद्राक्षको माला लगाएर सम्मान गरेको हो । संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा र भरतपुर-५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठले ज्येष्ठ सदस्यलाई रुद्राक्षको माला लगाई सहारा लठ्ठी दिएर सम्मान गरेका हुन् ।

कार्यक्रममा १०८ दीप प्रज्ज्वालन गरी सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो । स्थानीय विद्यार्थी र आमा समूहले सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रमलाई संस्थाका सचिव रामकृष्ण पौडेलले सहजीकरण गरेका थिए

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट