पुस्तक पारखीहरूलाई समर्पणको उपहार, पत्रकार आचार्यले पाए १० पुस्तक

धनगढी, ११ फागुन ।
कैलालीको धनगढीमा रहेको समर्पण पुस्तक पसलले पुस्तक पारखीहरूका लागि नयाँ योजना ल्याएको छ । गोलाप्रथाबाट १० पुस्तक दिने योजना ल्याइएको पुस्तक पसलका संचालक डिल्लीराज ओझा समर्पणले बताए ।
‘धनगढीमा पुस्तक पारखीहरूको संख्या बढाउन यस्तो योजना ल्याइएको हो ’ उनले भने ‘अब कम पैसामै धेरै पुस्तक पढ्न पाइने छ ।’

२ सय रुपैयाँमा मदन पुरस्कार विजेता सहितका १० पुस्तकका लागि गोलाप्रथा सुरु गरिएको उनले बताए । पहिलो दिनको गोलाप्रथाबाट पत्रकार भानुभक्त आचार्यले जितेका छन् । आचार्य नेपाल प्रेसका सुदूरपश्चिम संयोजक तथा पश्चिम टुडेका सम्पादक हुन् । उनी पुस्तक पढ्न र पुस्तक बारे विश्लेषण लेख्न रुचि राख्छन् । गोलाप्रथाको निश्पक्षताका लागि समर्पण पुस्तक पसलको फेसबुक आइडिबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीका शिक्षक तथा साहित्यकार हर्क बोहराले प्रत्यक्ष प्रसारणकै बिचमा टोकन उठाएका थिए । २४ जना सहभागी मध्ये आचार्यले पुस्तक पाएका हुन् । उनले ऐँठन, हृदय, दोरी, खण्डहर दरबार, साँखेजुङको उकालो, बिगन रामको मादल, नाजवाफ, रुमानी, मुकाम रणमैदान र अन्तर पुस्तक उपलब्ध गराइने ओझाले जानकारी दिए ।

ओझा आफै पनि साहित्यकार हुन् । २०७३ सालमा पसल सुरु गरेका उनी सृजनशील मञ्च सुदूरपश्चिमका सचिव हुन् । उनी कैलाली जनपुस्तकालय, सुदुरपश्चिमाञ्चल साहित्य समाज, प्रतिभा सामुदायिक पुस्तकालयमा आवद्ध छन् ।

उनले आगामी दिनमा निरन्तर पुस्तक पारखीहरूका लागि कम पैसामा नयाँ नयाँ योजनासहित उत्कृष्ट साहित्यिक पुस्तक उपलब्ध गराइने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट