चितवनका दुईजना मुद्रण व्यवसायी सम्मानित

भरतपुर, ६ फागुन ।
मुद्रण संघ चितवनले यहाँका दुई जना मुद्रण व्यवसायीलाई सम्मान गरेको छ । हालै सम्पन्न नेपाल मुद्रण उद्योग महासंघको ५औं महाधिवेशनमा चितवनबाट प्रतिनिधित्व गरेका सिटीपी हाउस चितवनका सञ्चालक मनोज जिसी द्वितीय उपाध्यक्ष र क्वालिटी प्रेसका सञ्चालक अर्जुन सापकोटा महासचिव पदमा निर्वाचित भएपछि संघले शनिवार एक कार्यक्रमकाबिच सम्मान गरेको हो । सम्मानित भएपछि दुबै जनाले व्यवसायीको हकहितमा दत्तचित्त भएर लाग्ने प्रतिबद्घता व्यक्त गरेका छन् ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै महासंघका विर्तमान अध्यक्ष खुमकान्त रेग्मीले आफ्नो कार्यकालमा महासंघलाई अगाडि बढाउनका लागि उल्लेख्य कामहरु गरेको बताए । महासंघलाई देशभर बिस्तार गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत सदस्यता लिन आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका रहेको उनको भनाई थियो । उनले नेपालभर करिब रु. ४५ अरब लगानी रहेको मुद्रण व्यवसायले दुइलाख भन्दा बढीलाई रोजगारी दिन सफल भएको जसमा ५ लाख मानिस यसमा प्रत्यक्ष आश्रित रहेको बताए ।

कार्यक्रममा शुभकामना दिँदै चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले व्यवसायीहरु संगठित भई एक आसपसमा सहकार्य गरेर जानुपर्ने बताए । उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले वर्तमान अवस्थामा व्यवसाय सञ्चालन गर्न निकै चुनौती थपिएको भन्दै मुद्रण व्यवसायलगायतका व्यवसायहरुमा दक्ष कामदारहको समेत अभाव रहेको बताए । विभिन्न संघ संस्थाहरुबिचमा सहकार्य गरी नेपाली कामदारलाई दक्ष बनाउनका लागि तालिमको आवश्यकता रहेको उनको भनाई थियो ।

कार्यक्रममा कुमार छापाखानाका सञ्चालक विनयकुमार श्रेष्ठले मुद्रण संघको विगतदेखि वर्तमान सम्मको अवस्थाको बारेमा स्मरण गरेका थिए ।
मुद्रण संघ चितवनका अध्यक्ष सन्दिप सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न मुद्रण व्यवसायसँग सम्वन्धित व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट