ब्लड डोनर्स सोसाईटीमा पुनः अधिकारीको नेतृत्व

भरतपुर, २८ माघ ।
सामाजिक कार्यको क्षेत्रमा सक्रिय युवाहरु आवद्घ संस्था ब्लड डोनर्स सोसाईटी नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार अबेर सम्पन्न अधिवेशनले पुनः अर्जुन अधिकारीको अध्यक्षतामा आगामी ३ वर्षका लागि १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद न्यौपाने, उपाध्यक्षमा सन्तोष शाह, महासचिव अञ्जन दवाडी रहेका छन् । त्यसैगरी सचिवमा अञ्जन तिवारी, कोषाध्यक्षमा शान्ता सुवेदी, सह–कोषाध्यक्ष ईश्वर अधिकारी चयन चयन भएका छन् । संस्थाको सदस्यहरुमा सुरेन्द्र धिताल, प्रवल केसी, दिपक घिमिरे, प्रतीक आचार्य, रहेका छन् । संस्थाको सल्लाहकार समिति र कार्यसमिति पदमा महिला २ सदस्य पहिलो बैठकबाट चयन गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट