भरतपुर, २७ माघ
एलजी, सिजी र ब्ल्याक प्लस डेकर ब्राण्डका घरेलु सामग्री एवं टाइटन ब्राण्डको घडीको आधिकारिक शोरुम ‘डिजिटल प्लाजा’ ले शुक्रबारदेखि सेवा शुभारम्भ गरेको छ । उद्योग वाणिज्य संघ चिवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले शोरुमको उद्घाटन गरेका हुन् ।
युवाहरु विदेश पलायन भइरहेको वर्तमान सन्दर्भमा युवाकै नेतृत्वमा शोरुम संचालनमा आउनु स्वागतयोग्य भएको बताउँदै अध्यक्ष श्रेष्ठले यो कार्यले अन्य युवालाई पनि देशभित्रै अवसरको खोजीमा जुट्न हौसला प्रदान गर्ने बताए । डिजिटल प्लाजाका संचालक रोशनकुमार गुप्ताले सेवा शुभारम्भको अवसरमा फागुन ४ गते शुक्रबारसम्म एलजी र सिजी ब्राण्डका सामानको खरिदमा २० प्रतिशत छुट दिइने बताए ।
सिजी इलेक्ट्रोनिक्सका प्रबन्धक धिरजकुमार ठाकुरले नारायणगढमा छैटौँ आउटलेटका रुपमा डिजिटल प्लाजा संचालनमा आएको बताए । सिजी र एलजी ब्राण्डका टिभी, फ्रिज, वासिङमेसिन, ओभन, आइरनलगायत घरेलु सामग्री डिजिटल प्लाजामा उपलब्ध रहेको उनले जानकारी दिए ।





