हेटौंडामा नवजात शिशु मृत फेला

मकवानपुर, २६ माघ ।
हेटौंडामा नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिक बेबारिसे अवस्थामा नवजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याईएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट