हरिकृष्ण रिमालको १३औं दिनको तिथिमा नेपाली काँग्रेसद्वारा शोकसभा

गैंडाकोट, २३ माघ ।
नेपाली काँग्रेसका क्षेत्रीय सदस्य एवं कोटेश्वर मन्दिर शिवालय सेवा समितिका अध्यक्ष, सामाजिक, शैक्षिक, धार्मिक तथा राजनीतिक व्यक्तित्व स्वर्गीय हरिकृष्ण रिमालको १३औं दिनको पुण्य तिथिमा नेपाली काँग्रेस संघीय क्षेत्र नम्बर १ नवलपुरद्वारा गैंडाकोटमा शोक सभा कार्यक्रम सम्पन्न भएको छ ।

शोक सभामा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सामाजिक अगुवा रिमालको निधनले कांग्रेसको संगठन निर्माण, सम्बर्द्धन र विकासमा नेता रिमालको ठूलो योगदान रहेको चर्चा गर्दै उनको निधनले समग्र पार्टी पंक्तिलाई ठूलो क्षति पुर्‍याएको बताए । शोक सभा कार्यक्रम क्षेत्रीय सभापति अमृत भट्टचनको अध्यक्षता सम्पन्न भएको थियो । सभालाई सम्बोधन गर्दै सभापति भट्टचनले रिमालको निधनले असल प्रेरणाको श्रोत गुमाउन पुगेको बताउँदै उहाँको मार्गदर्शन, पार्टी प्रतिको आस्था र चिन्तन सबैले आत्मसाथ गर्नु पर्ने धारणा व्यक्त गरे ।

सभामा गैंडाकोट नगर उपप्रमुख शान्ति कोइरालालगायत नेकाका नेताहरू द्रोण वन सन्यासी, हरिराज गौतम, ओमप्रसाद सापकोटा, विष्णु कँडेल सापकोटा, कमल पराजुली, खेमराज सापकोटा, गोकुल सापकोटा, गोपालप्रसाद सापकोटा, संगीता घिमिरे, बद्री सापकोटा, घनश्याम कंडेललगायत जनप्रतिनिधिहरु, पार्टीका भातृ तथा संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरु विभिन्न राजनैतिक दल र संघ संस्थाका प्रमुख प्रतिनिधिहरुले स्वर्गिय रिमालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

रिमालको यहि माघ ११ गतेका दिन ७१ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय रिमालको राजनीतिक र सामाजिक योगदानको बारेमा एकदेव रिमालले चर्चा गरेका थिए । कार्यक्रम नेका क्षेत्रीय सचिव अमृत श्रेष्ठको सहजीकरण सम्पन्न भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट