अङ्कुरम् र एसजीआइ स्कुलबीच सांस्कृतिक साझेदारी कार्यक्रम

भरतपुर, २३ माघ ।
एसजीआइ स्कूल महाराष्ट्र भारत र अङ्कुरम् एकेडेमीबीचमा नेपाल-भारत सांस्कृतिक साझेदारी कार्यक्रम गरिएको छ । एसजीआइ स्कुलका प्रिन्सिपल डा. नवीन होलापुरको नेतृत्वमा दुई शिक्षक सहित १५ जना विद्यार्थीहरुको टोलीलाई सोमबार अङ्कुरम् एकेडेमीमा स्वागत गरी कार्यक्रम गरिएको हो ।

‘इन्डो-नेपाल कल्चरल एक्चेन्ज प्रोग्राम’ को स्वागतार्थ आयोजित उक्त कार्यक्रमको उद्घाटनका क्रममा एसजीआई स्कूलका प्रिन्सिपल डा. नवीन होलापुर, अङ्कुरम् एकेडेमीका निर्देशक नैम चौधरी र प्राचार्य सुमन पौडेलले संयुक्तरूपमा जल सेचन गरेका थिए ।

प्राचार्य सुमन पौडेलले आगन्तुक शिक्षक र विद्यार्थीहरुको स्वागतार्थ स्वागत मन्तव्य दिएका थिए भने सहप्राचार्य ओमराज मैनालीले अङ्कुरम् तथा एसजीआइ दुवै स्कुलका समस्त टिमलाई धन्यवाद ज्ञापन गरेका थिए ।

अङ्कुरम् एकेडेमीका विद्यार्थीहरुको विभिन्न समूहले गायन, नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट