रगतको अन्तर (कविता)

दारुले सक्काएको मुखबाट रगत आउँदा
धामी डाकेर रिसाएका देउता पुजे ।

बाह्र सकेर तेह्र पक्रेकी
गुलाफीका आङमा
रसाएको रगतकै कारण
उपल्लो अनकन्टार गोठमा राखी देउता खुसी पारे ।

किन मुखबाट आएको रगत
र यौनीबाट बगेको रगतको अन्तरले ईश्वर खुसी र दुखी हुँदा रहेछन् ?

-‘हे इश्वर,
तिमी जन्मेको यौनीमा के पन्चामृतको मात्रै झोल बगेको थियो र ?’

(कवि बोगटी लम्कीचुहा नगरपालिका कैलालीमा जनस्वास्थ्य निरीक्षक हुनुहुन्छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट