कैलाशनगर माविमा नवदुर्गाको वित्तीय साक्षरता अभियान

भरतपुर, १९ माघ ।
नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । भरतपुर-५ स्थित श्री कैलाशनगर माध्यमिक विद्यालयका कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

जसमा ७० जना विद्यार्थी सहभागी थिए । विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम चितवन जिल्लामा पहिलो कार्यक्रम रहेको नवदुर्गा भवानी साकोसका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । `स्कुलस्कुलमा वित्तीय साक्षरता´लाई अभियानको रूपमा लैजाने अध्यक्ष सापकोटाले बताए ।
कार्यक्रमको अध्यक्षता गरेका गर्दै स्वागत गरेका सापकोटाले कार्यक्रमको बारे प्रकाश पारेका थिए भने उपाध्यक्ष संझना शर्माले समापन मन्तव्य राखेकी थिइन् । कार्यक्रमलाई संस्थाका व्यवस्थापक विष्णुप्रसाद पौडेल र संचालक सचिव रामकृष्ण पौडेलले सहजीकरण गरेका थिए ।

संचालक सदस्य झलकप्रसाद सिग्देलले कार्यक्रम संचालन गरेका थिए । स्कुल स्कुलमा वित्तीय साक्षरता कार्यक्रम लिएर आफ्नो विद्यालयमा आएको भन्दै श्री कैलाशनगर माविका निमित्त प्रधानाध्यापक हीरामणि सापकोटाले नवदुर्गा भवानी साकोस परिवारलाई धन्यवाद दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट