ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, १९ माघ ।
मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी- ६ सुनाचुरीमा ट्रकको ठक्करबाट चितवन माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

बिहीबार साँझ चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख १७९६ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बागमती प्र ०६ ००१ प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चेपाङ घाइते भएका थिए ।

चेपाङलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएकोमा बिहीबार नै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्रक चालक फरार रहेकोमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट