नेविसंघद्वारा रत्नगगर सडक क्षेत्रमा डस्टविन राख्न सुरु

रत्ननगर, १८ माघ ।
नेपाल विद्यार्थी संघ रत्ननगर नगर समितिले पूर्वपश्चिम महेन्द्र राजमार्गको दायाँवायाँ सरसफाईका लागि डस्टविन राख्न सुरु गरेको छ ।
रत्ननगरनगरपालिकाभित्र पर्ने टिकौलीदेखि तरकारीचोकसम्म राजमार्गको दायाँवाया ८० वटा डस्टिविन राखिने नेविसंघका केन्द्रीय सदस्य तथा निर्वतमान नगर सभापति कल्याण अर्यालले जानकारी दिए ।

मंगलबार टिकौलीदेखि बकुलहर सम्म २० वटा डस्टविन राखिएको उनले जानकारी दिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा जिल्ला सभापति राजेश्वर खनाल, निर्वतमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, जिल्ला उपसभापति शालिग्राम शर्मा, सचिव ध्रुवराज पोखरेल, रत्ननगरका मेयर तथा नगर सभापति प्रलाद सापकोटा, क्षेत्रीय सभापति किरणभूषण सिंह ओली, महासमिति सदस्य बासु ढुंगाना, प्रदेश अध्यक्ष गोविन्द गौतम, लोकतान्त्रिक खेलकुद जिल्ला अध्यक्ष सुजन नेपाल,नेविसंघ शहीद स्मृति क्याम्पसका इकाइ सभापति विवेक उदासलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाल विद्यार्थी संघ रत्ननगर नगर समितिका सभापति नविन थापाको अध्यक्षतामा भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट