चितवन,१० मंसिर ।
माडीका बाँदरमुढे पीडितहरू उच्च निगरानीमा परेका छन् ।चितवन क्षेत्र नं.३ बाट प्रतिनिधि सभाको उम्मेद्वार पुष्पकमल दाहाल ‘प्रचण्ड आज विहानै माडी पुगदा बाँदरमुढे पीडितले कालो व्यानर राखेर विरोध प्रदर्शन गर्ने तयारी गरेका थिए । सुरक्षा संयन्त्र र माओवादीको भातृ संगठन वाईसिएलको उच्च निगरानीपछि उनीहरुले बिरोध प्रदर्शन गर्न सकेनन् ।

बाँदरमुढे घटना पीडितहरूलाइ स्थानीय स्तरका माओवादीका नेता तथा कार्यकर्ताहरुले पीडितहरुलाई प्रचण्डविरुद्ध बोले मार्ने सम्मको धम्की दिने गरेको बाँदरमुढे घटना पीडित संघर्ष समितिका सह–संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिए । आफूहरुलाई शसस्त्र र वाईसिएल कार्यकर्ताले उच्च निगरानीमा राखेपछि सबै परिवार त्रसित बनेको उनले बताए ।





