समाजकल्याण साकोसको स्थापना दिवसका अवसरमा रक्तदान

राप्ती, १४ पुस ।
समाजकल्याण साकोसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त रक्तदान कार्यक्रम राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लामाले रक्तदान पुण्यको काम भएकोले रक्तदान गर्नका लागि प्रोत्साहित गर्नुपर्ने बताए । राप्ती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेती, वडा नम्बर ३ का वडा अध्यक्ष शिवकान्त ओलीलगायतको उपस्थिति रहेको कार्यक्रम संस्थाका अध्यक्ष कृष्णप्रसाद पाण्डेको सभापतित्वमा  संचालित भएको थियो ।

उक्त कार्यक्रममा ८ जना महिला सहित ७९ जनाले रक्तदान गरेको व्यवस्थापक दीपक कंडेलले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट