भरतपुर, १४ पुस ।
भरतपुर-१० स्थित नारायणी नमूना माध्यमिक विद्यालयले ६१औं वार्षिकोत्सवका आवसरमा जिल्लास्तरीय Mathematics olympiad आयोजना गरेको छ । प्रतियोगितात्मक कार्यक्रममा चितवन जिल्लाका ३० वटा विद्यालय सहभागी बनेका थिए ।
प्रतियोगितामा भरतपुर-८ स्थित पोलरस्टार इङ्लिस स्कुलका आदित्य सापकोटाले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी भरतपुर-११ स्थित नारायणी पब्लिक स्कुलका ऋग्देस अर्यालले द्वितीय स्थान, भरतपुर-१० को ओमशान्ति एकेडेमीका प्रेजु जिसीले तृतीय स्थान र मेरीगोल्ड इङ्लिस स्कुलका आयुष परियारले सान्त्वना स्थान हासिल गरेका छन् । 
प्रतियोगितामा विजयी विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्र दिइएको कार्यक्रम संयोजक राजकुमार कँडेलले बताए ।





