भरतपुर, १४ पुस ।
देउराली बचत तथा ऋण सहकारी संस्था भरतपुर- ३ ले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर- ३ का अध्यक्ष विकास थापाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रम संस्थाका अध्यक्ष नवीन रिजालको अध्यक्षतामा सम्पन्न भएको हो । सहसचिव यादव रिमालको संयोजकत्वमा आयोजित
कार्यकममा वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक वसन्त पाण्डे, सल्लाहकार गुमानसिंह खड्का, संस्थाका परिकल्पनाकार एवम् सल्लाहकार अर्जुन अधिकारी, लेखा संयोजक महादेव पौडेल, उपाध्यक्ष केदारनाथ गौतम, सचिव मिठु गौतम सुवेदी, बाह्रघरे टोल विकास संस्थाका कार्यबाहक अध्यक्ष दुर्गा पाण्डेलगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
वि. सं. २०६६ सालमा स्थापित संस्थाले वार्षिक कार्यक्रम अन्तर्गत यो कार्यकम आयोजना गरेको हो ।





