महाविद्यालयको बाह्रौँ अभिभावक दिवस सम्पन्‍न

भरतपुर, १४ पुस ।
सैनिक आवासीय महाविद्यालय चितवनको बाह्रौँ अभिभावक दिवस सम्पन्‍न भएको छ । मध्य पृतना हेडक्वार्टरका पृतनापति तथा महाविद्यालय सञ्‍चालक समितिका अध्यक्ष उपरथी प्रदीपजङ्ग केसीको प्रमुख आतिथ्यमा सम्पन्‍न उक्त कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा सैनिक कल्याणकारी निर्देशनालय शिक्षा महाशाखा निमित्त प्रमुख, विभिन्न गणका गणपतिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरूलगायतको उपस्थिति रहेको थियो ।

दुइ चरणमा सम्पन्‍न उक्त समारोहको पहिलो चरणमा प्रमुख अतिथिबाट महाविद्यालयको वार्षिक मुखपत्र ‘चित्रवन’को विमोचन, यस वर्षका उत्कृष्ट विद्यार्थी जेनिस श्रेष्ठ, उत्कृष्ट शिक्षक जिटीए मीरा पौडेल, उत्कृष्ट कर्मचारी इलेक्ट्रिसियन राजकुमार महतो र उत्कृष्ट सैनिक कर्मचारी NCE 268009 वसन्त मुखियालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनुका साथै सैनिक महाविद्यालयको शिक्षण सेवामा १५ वर्ष पूरा गरेका शिक्षक पीजीटी (नेपाली) दयाराम दुवाडीलाई दीर्घ सेवा सम्मानपत्र प्रदान गरि दोसल्ला ‍ओढाएर सम्मान गरिएको थियो ।

समारोहका प्रमुख अतिथि मध्य पृतनापति उपरथी प्रदीप जङ्ग केसीले कार्यक्रमको सफलताको कामना गर्दै बढ्दो प्रतिभा पलायन रोक्नका लागि विद्यार्थीहरुलाई व्यावहारिक र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए । महाविद्यालयका प्रिन्सिपल बाबुराम बन्जाडेले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुका साथै महाविद्यालयका शैक्षिक गतिविधि, उत्कृष्ट अभ्यास तथा भावी योजनाका बारेमा समेत प्रकाश पारेका थिए । विद्यार्थीहरुले गीत, नृत्य, नाटक, तेक्वान्दो प्रदर्शनीलगायत विभिन्‍न विधामा मनोरञ्‍जनात्मक प्रस्तुति देखाएका थिए भने शिक्षक तथा कर्मचारीको समेत नृत्य प्रस्तुत गरिएको थियो । पहिलो चरणको कार्यक्रम पीजीटी दयाराम दुवाडी र जीटीए नीला अधिकारीले सञ्चालन गरेका थिए भने दोस्रो चरणको कार्यक्रम विद्यार्थीहरूले नै सञ्चालन गरेका थिए ।

अभिभावक दिवसका अवसरमा महाविद्यालयमा विद्यार्थीहरूले तयार गरेका विज्ञान, कम्प्युटर प्रविधि, सहशैक्षणिक तथा कला सम्बन्धी स्टलहरू पनि प्रदर्शनका लागि राखिएको थियो । स्टलहरूको अवलोकन पश्चात् प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा अभिभावकज्यूहरूले विद्यार्थीहरूको मिहिनेत, प्रतिभा र सिर्जनात्मक कलाको उच्च प्रशंशा गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट