भरतपुर, १२ पुस ।
होटल व्यवसायी संघ चितवनको आयोजनामा शनिबारदेखि पाँचदिने रैथाने फुड फेस्टिबल तथा विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ । नारायणगढको क्याम्पाचौरमा आयोजना हुन लागेको कार्यक्रमबारे बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
फुड फेस्टिबलको उद्घाटन भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीबाट हुने मूल संयोजक लोकनाथ भट्टले जानकारी दिए । उनका अनुसार पुस १५ स्वप्न सुमन र १६ गते द स्याडोज् ब्याण्डको प्रस्तुति रहने छ । ती दुई दिन ३ सय रूपैयाँको टिकट काट्नु पर्ने उनले जानकारी दिए । अन्य दिन प्रवेश निशुल्क रहेको भट्टले बताए ।
फेस्टिबलमा ५० हजार जनाको सहभागिता रहने र ५ करोड रूपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।





