बागमती प्रदेश सरकार र स्थानीय तहका अधिकार विषयमा छलफल

मकवानपुर, १२ पुस ।
बागमती प्रदेशकाे राजधानी हेटौंडामा प्रदेश सरकार र स्थानीय तहका अधिकारका विषयमा छलफल भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रदेश र स्थानीय तहका अधिकारका बिषयमा छलफल भएको हाे ।

कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संविधान अनुसारकाे अधिकार संघीय सरकारले नदिएकाे बताए । आफूहरु कामै गर्न नसक्ने अप्ठेरोमा भने परिनसकेको उनले बताए । उनले संघ, प्रदेश सरकारका बिचमा तिक्ततासमेत नभएकाे बताए । प्रदेशकाे अधिकारबाटै धेरै काम भएकाे उनकाे दावी छ । छिटो परिणाम खोज्ने परिपाटीका कारण थप समस्या सृजना हुने उनले बताए ।

विश्वमा सङ्घीयता कार्यान्वयन गरेका मुलुकहरूको मोडल आफ्नै प्रकृतिको रहेको र नेपालले पनि आफ्नै भूगोलमा विशिष्ट प्रकारको सङ्घीयताको मोडल अपनाएको उनले बताए । नेपालमा सङ्घीयता कार्यान्वयनमा खासै समस्या नरहेको उनको भनाई छ ।

कार्यक्रममा नेपाल नगरपालिकासंघका अध्यक्ष भिम प्रसाद ढुंगानाले संघीयता समस्या हाेइन तर संघीयता कार्यान्वयन गर्न नसके समस्या उतपन्न हुने बताए। संघ र प्रदेशलाई गुनासो गर्ने भन्दा पनि अब काम गरेर देखाउन उनले आग्रह गरे । संबिधानमा लेखिएका एकल अधिकार र संयुक्त अधिकारका कुरा कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवि पाण्डेले स्थानीय तहलाई कम बजेट दिएर संघीय सरकारले धेरै राख्दा काम गर्न समस्या भएको बताइन् । ऐन बनाउने नाममा संघ र प्रदेशले स्थानीय तहको अधिकार नबुझ्दा समस्या भएकाे उनले बताइन् ।

कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, प्रदेशका प्रमुख सचिब, मन्त्रालयका सचिबहरु, स्थानीय तहका प्रमुखहरु लगायतकाको सहभागिता रहेको छ ।

संविधान बमोजिम सङ्घले अधिकार नदिएको र असहयोग गरेको भन्दै सातै प्रदेश सरकारका मुख्यमन्त्रीसहित पालिका महासंघका पदाधिकारीले संघीय सरकारलाई दबाब दिन कार्यक्रम आयोजना गरिएकाे हाे । यसअघि गत असारमा पोखरामा बैठक बसेर मुख्यमन्त्रीहरूले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार छ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए ।
तर त्यतिका समय बितिसक्दा पनि सङ्घीय सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै संघीय सरकारलाई दबाब दिन एक ठाउँमा भेला भएका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट