प्रशिक्षण कार्यक्रममा सहभागी हुन अनन्त हेटौंडा आउने

मकवानपुर, १ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ पुस २ गते सोमबार हेटौंडा आउने भएका छन् । “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान“ अन्तर्गत नगरस्तरीय स्कुलिङ कार्यक्रममा प्रशिक्षण दिन उनी हेटौंडा आउन लागेका हुन् । प्रमुख वक्ताको रुपमा उनी हेटौंडा आउन लागेको नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगर समिति अध्यक्ष तीर्थबहादुर थापाले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा उपमहासचिव अनन्तले कम्युनिष्ट आन्दोलनको इतिहास र कार्यदिशा, माओवादी केन्द्रका केन्दीय सदस्य एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार डिपी ढकालले राजनीतिक अर्थशास्त्र, केन्द्रीय सदस्य एवं विद्यार्थी नेता लेखनाथ न्यौपानेले वैज्ञानिक समाजवाद, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको काम र पार्टीको अन्तरसम्बन्ध बारे प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।

नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा हुने नगरस्तरीय स्कुलिङ कार्यक्रममा नगर भित्रको जिल्ला समितिको सदस्य, नगर पार्टीको सम्पूर्ण पदाधिकारी तथा सदस्य, नगरको सम्पूर्ण सल्लाहकार, वडा समितिको पदाधिकारी सहित वडा सदस्य, जवस/मोर्चाको पदाधिकारीहरुको सहभागिता रहने नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य एवं हेटौंडा उपमहानगरपालिका समिति इन्चार्ज विवेक राईले जानकारी दिए । सोमबार बिहानदेखि पल्पसा सदनको सभाहलमा प्रशिक्षण कार्यक्रम हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट