एक्सपर्ट एजुकेशन फेयरमा उत्साहजनक सहभागिता

हेटौंडा, २६ मंसिर ।
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियालगायतका देश जान चाहने विद्यार्थीहरुका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले गरेको एक्सपर्ट एजुकेशन फेयर–२०२३ मा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका छन् ।

एक्सपर्टको आफ्नै कार्यालय हेटौंडा–४ पारिजातपथमा मंगलबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म चलेको फेयर विद्यार्थी तथा अभिभावकहरुले उत्साहजनक सहभागिता जनाउँदै आफ्नो जिज्ञासा समाधान गरेका थिए । विद्यार्थीहरुले यस खालको फेयरबाट कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट सबैखालको जानकारी लिन पाउँदा फलदायी भएको प्रतिक्रिया दिए ।

फेयरमा अष्ट्रेलिया, युके, क्यानडा, न्यूजील्याण्ड र अमेरिकाका १७ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थी तथा अभिभावकहरुलाई वान टु वान काउन्सेलिङ गरेका थिए । ‘कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुबाट आफैले त्यहाँको शिक्षा र आवश्यक जानकारी लिन लिए, यसबाट विद्यार्थी तथा अभिभावकहरु धेरै नै लाभान्वित भएका छन्’ एक्सपर्ट हेटौंडाका शाखा प्रमुख अच्युत चालिसेले भने । यस्तै फेयरमा ब्रिटिश काउन्सीलको प्रतिनिधि समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापनमा एक्सपर्ट एडलिड अष्ट्रेलियाका निर्देशक रुपक बर्तौलाले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाई मायाको चिनोस्वरुप वैज्ञानिक महावीर पुनको पुस्तक प्रदान गरेका थिए । कार्यक्रममा एक्सपर्टका कन्ट्री म्यानेजर विकास ज्ञवाली, एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेललगायतको उपस्थिति रहेको थियो ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट