देवचुलीमा वातावरण संरक्षण र अधिकार सम्बन्धी कार्यशाला

देवचुली, २६ मंसिर ।
देवचुली नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।इन्सेक गण्डकी प्रदेशको आयोजना तथा देवचुली मानव अधिकार समूहको समन्वयमा देवचुली- ९ मा रहेको कालिका माध्यमिक विद्यालयमा सो कार्याशाला सम्पन्न भएको हो ।

देवचुली मानवअधिकार समूहका अध्यक्ष कृष्ण विकले सबै पक्ष लागेर वातावरण संरक्षण गर्न साथै वातावरण अधिकार सम्बन्धि जानकारी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको बताए । मानव अधिकार समूहद्वारा स्थानीयतहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण अधिकार तथा जातिय विभेद सम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गरिरहेको बिकले बताए ।

देवचुली नगरपालिका वडा नम्बर- ९ का वडा अध्यक्ष बलिराम सापकोटाले वातावरण संरक्षणका लागि सबै पक्ष सक्रिय भई सचेतनाका अभियान संचालन गर्नुपर्ने बताए । घर, समुदायबाट नै फोहरमैलाको उचित व्यवस्थापन गर्दै सरसफाईमा ध्यान दिनुपर्ने आवश्यकता रहेको सापकोटाले बताए । पालिकालाई वातावरणमैत्री बनाउनका वडा तहसम्म काम गरिरहेको र सबै पक्ष समेटेर नीति तथा कार्यक्रम तयारी गरि आवश्यक पर्ने कानुन निर्माण लागि कार्यपालिका छ्लफल गरिने उनले बताए ।

कार्यशालामा दीपक शर्माले वातावरण संरक्षण र अधिकार सम्बन्धी प्रशिक्षण दिएका थिए । वातावरण संरक्षणका लागि स्थानीय तहमा गर्नुपर्ने कामको समेत उनले सहजीकरण गरेका थिए ।

देवचुली मानव अधिकार समूहका अध्यक्ष कृष्णबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसाल, शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सीराम अर्याल, प्रधानाध्यापक रेशम कोइराला, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्मालगायत शिक्षक, विद्यार्थी, मानव अधिकार समूह तथा बाल अधिकार समूहका सदस्यको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट